arrow

पुल बनेपछि गुड्यो सवारी

पाल्पा र स्याङ्गजा जोड्ने कालीगण्डकीमा अर्को पक्की पुल

logo
सीता डोटेल,
प्रकाशित २०७४ चैत २४ शनिबार
palpa1.jpg

पाल्पा ।  पाल्पाको रभ्मा हुँगी पन्टार र स्याङ्गजा गल्याङ्ग नगरपालिका जोड्ने गरि कालीगण्डकी नदीमा पक्की पुल बनेसँगै यातायातका साधन सञ्चालनमा आएको छ ।                            

पाल्पाको रम्भा गाउँपालिका–१ हुँगी र स्याङ्गुजाको पाखेचौर जोडने पक्की पुल निर्माण कार्य सकिएर त्यस क्षेत्रमा सवारी साधन नै वारपार गरेपछि चहलपहल बढेको छ ।  ३ वर्ष अघि निर्माण कार्य शुरु भएको पुल बनेपछि यातायातका सवारी साधन चल्न थालेको स्थानीय श्रीधर भण्डारीले बताए । यसअघि कच्ची पुलबाट पैदल तथा मोटरसाइलक ओहोरदोहोर गरेपनि अन्य गाडीको लागि भने रामपुर–आर्यभञ्याङ्ग वा कालीगण्डकी करिडोरको पिपलडाँडा हुदै सिद्धार्थ राजमार्गको राम्दी पुल जानुपर्थो कि रामपुर केलादी पक्की पुल घुम्नुपर्ने वाध्यता थियो । पुल बनेपछि हुँगीको पन्टार देखि गल्याङ्ग सम्म दिनहुँ बस तथा दुईवटा जीप संचालनमा आएको छ ।

स्याङ्गजाको गल्याङ्ग बजार देखि हुँगीको पन्टार करिब ११ किलोमिटर दुरीमा छ ।  दिनहुँ गाडी चल्न थाले पछि कृषि उपजहरुको निकासी र बजारको सामान ल्याउन सजिलो भएको छ । रामपुरबाट गल्याङ्ग र गल्याङ्ग बजारबाट रामपुरको लागि दिनहु बस समेत छुटन थालेको छ । कालीगण्डकी करिडोरको नजिक पर्ने पन्टार खण्डमा पुल बनेपछि यातायातका साधनहरु संचालन हुनुका साथै मध्य भागबाट पाल्पा र स्याङ्गजा जान आउन सहज भएको छ । पुर्वी पाल्पाका नागरिक गल्याङ्ग, वालिङ्ग स्याङ्गजा बजार जान र त्यस क्षेत्र सहित जिल्लाका अन्य गाउपालिकाका नागरिक गाडीमा जान आउन निकै समस्या थियो ।

रम्भा गाउँपालिकाको विकासमा राम्रो टेवा पुग्ने रम्भा गाउँपालिका–१ हुँगीका वडा अध्यक्ष कृष्णप्रसाद रेग्मीले बताए । पुल बनेसँगै पाल्पाका पुर्वी उत्तरी भागका किसानको उत्पादन गल्याङ्ग सहित सहज मोटरबाटोबाट राजमार्गसम्म निकाल्न सकिने भएको हुँगीका बिष्णु पछाईले बताए ।  

त्यस्तै रामपुर ६ र चापाकोट ७ जोड्ने गरि गौरीघाटमा पनि यही असार मसान्तसम्ममा सक्ने गरि पुल निर्माण कार्य अगाडी बढेको छ । गत वर्ष देखि हुँगीको असेर्दी र गल्याङ्ग बजार जोड्ने स्थान छर्दीमा पनि पक्की पुल निमार्ण कार्य अगाडी बढेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ