arrow

डीपीएल : राष्ट्रिय टोलीबाहिर रहेका विनोदको टोली महेन्द्रनगर युनाइटेड प्ले अफमा

logo
प्रकाशित २०७४ चैत २४ शनिबार
DPL_4.JPG

धनगढी । पानी परेपछि धनगढी प्रिमियर लिग डीपीएल अन्तर्गत शनिबार हुने भनिएको महेन्द्रनगर युनाइटेड र सिवाइसी अत्तरिया बीचको खेल स्थगित भएको छ ।

खेल स्थगित भएसँगै पाँच अंकका साथ महेन्द्रनगर युनाइटेड प्रतियोगिताको दोस्रो चरणमा पुगेको छ । महेन्द्रनगर आफ्नो एक खेल खेल्नुअगावै प्ले अफमा पुगेको हो । । मैदान हिलाम्ये भएपछि खेल हुन सकेन । खेल स्थगित भएपछि दुवै टोलीले एक–एक अंक बाँडे । सिवाइसी अत्तरिया तीन अंकका साथ पाँचौँ स्थानमा छ ।

विनोद भण्डारीले कप्तानी गरेको महेन्द्रनगर युनाइटेडले आइतबार लिगको अन्तिम खेल काठमाडौँ गोल्डेन्ससँग खेल्ने छ । काठमाडौँ गोल्डेन्सले लिगको चार खेलमा चार वटैमा जीतका साथ आठ अंक बटुलेको छ । योसँगै काठमाडौँले प्ले अफमा पहिले नै आफ्नो स्थान सुरक्षित बनाएको छ । काठमाडौंको नेतृत्व ज्ञानेन्द्र मल्लले गरेका छन् ।

यस्तै, सिवाइसी अत्तरियाले आइतबार विराटनगर किंग्ससँग लिगको अन्तिम खेल खेल्नेछ । अत्तरियाले विराटनगरलाई पराजित गरे प्ले अफमा स्थान बनाउनेछ । विराटनगरको कप्तान पारस खड्का छन् ।

अहिलेसम्म धनगढी चौराह चार खेलमा दुई जीत र दुई हारसँगै चार अंकसहित चौथो स्थानमा तथा रुपन्देही चार वटै खेलमा हार व्यहोरेर बिना अंकविहिन छ । पुछारमा रहेको रुपन्देही प्रतियोगिताबाट बाहिरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ