arrow

डिपिएल : एक खेलपनि नजिति बाहिरियो रुपेन्देही

धनगढीले रुपेन्देहीलाई ३ रनले हरायो

logo
प्रकाशित २०७४ चैत २४ शनिबार
dpl-dhangadi.jpg

धनगढी ,कैलाली । यहि चैत १७ गतेदेखि कैलालीको धनगढीमा जारी  धनगढी प्रिमियर लिग दोस्रो संस्करण (डीपीएल–२) को शनिवारको खेलमा टीम चौराह धनगढीले रुपेन्देही च्यालेन्जर्सलार्इ ३ रनले पराजित गरेको छ । जित सङ्गै टीम चौराह धनगढी रुस्लान धनगढी प्रिमियर लिगको प्लेअफमा प्रवेश गरेको छ।

८ ओभरमा छोट्याइएको खेलमा धनगढीले दिएको ७७ रनको लक्ष्य पछ्याएको रुपेन्देही ५ विकेट गुमाउँदै ७३ रन बनाएको थियो ।

रुपेन्देहीका लागि सागर पुनले १६ बलमा ३ चौका र ३ छक्काको मदतमा ३३ रनको विस्फोटक पारी खेलेपनि टोलीलार्इ जिताउन सकेनन्। साथै उसका दीपक प्रसादले १६ बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन्।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले ७ विकेट गुमाएर ७६ रन बनाएको थियो। धनगढीका सोनु तामाङले विस्फोटक ब्याटिङ गर्दै १४ बलमा ३४ रनको पारी खेले। सो क्रममा उनले ४ छक्का र १ चौका प्रहार गरे। यस्तै, रोहन मुस्तफाले १५, राजेश पुलामीमगरले ९, सुनिल धमलाले ६ रन जोडे। बलिङ तर्फ सुशान भारीले ३ तथा दीपेश श्रेष्ठले २ विकेट लिएका थिए ।

वर्षाका कारण शनिबारको पहिलो खेल हुन नसकेको धनगढी प्रिमियर लिगमा दोस्रो खेल ८ ओभरमा छोट्याइएको थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ