arrow

सात वर्षपछि सुरु भयो आइसिपी

logo
बिजय चौहान,
प्रकाशित २०७४ चैत २४ शनिबार
ipc.jpg


वीरगन्ज । सात वर्षको लामो पर्खाइपछि वीरगन्जको अलौंमा निर्माण भएको एकीकृत सुरक्षा चेतजाँच चौकी आज देखी संचालनमा आएको छ । प्रधानमन्त्रि केपि शर्मा ओली र भारतीय प्रधानमन्त्रि नरेन्द्र मोदीले भारतको दिल्लीमा रहेको हैदरावाद हाउसबाट संयुक्त रुपमा रिर्मोट मार्फत शिलालेख अनावरण गरेपछि आइसिपी संचालनमा आएको हो ।

दुवै देशका प्रधानमन्त्रिहरुले आइसिपिका उद्घान गरेपछि  भारतबाट  आयात गरिएका ८० ट्याक्टर इन्धन आइसिपीको बाटोबाट नेपाल भित्र्याउनुको सथै तीन ट्रक माल बस्तु भारत तर्फ पैठारी गरिएको नेपाल इन्टर मोडल यातायातका कार्यकारी र्निदेशक लक्ष्मणबहादुर बस्नेतले जानकारी दिए । भारत विहानको बरौनि डिपोबाट नेपालका लागि आयात गरिएको ८० ट्याँकर पेट्रोलिय पदार्थलाई आइसिपीको बाटोबाट नेपाल भित्रयाइएको, साथै नेपालमा उत्पादन गरिएका स्पोटस सुज  र डोरमैट आइसिपी कै बाटोबाट भारत तर्फ र्नियात गरीएको  उनले बताए  ।

 भारतबाट आयात गरिएका ट्यांक्रलाई वीरगन्ज भन्सारका प्रमुख सेवन्त पोखरेल र भारतीय कष्टमका प्रमुख सन्तोष कुमारले संयुक्त रुपमा हरियो झण्डा देखाइ नेपाल भित्र्याएका थिए ।   

 एक अर्ब ३९ करोडको लगानिमा एक ६५ एकड जग्गामा निर्माण भएको अत्याधुनिक आइसिपीबाट आयात र्नियातमा सहजताको साथै समय कम लाग्ने कार्यकारी निर्देशक बस्नेतले जानकारी दिए । उनले आइटि बेस कर प्रणलि र आयात र्नियातका  लागि छुटा छुटै चारवटा लेन निर्माण गरिकाले आयात र्नियामा सहजता हुनुको साथै व्यपारीको सय र पैसा दुवै जोगिने  दावी गरे।

 नेपाल तथा भारत सरकारको संयुक्त लगानिमा निर्माण भएको अत्याधुनिक सेवा सुविधान सम्पन्न आइसिपी संचालनमा आएपछि  आयात र्नियात गर्ने नेपाली व्यपारीको समय र पैसा दुवै बच्ने   वीरगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष ओमप्रकास शर्माले जानकारी दिए । उनले आइसिपी संचालनमा आएपछि वीरगन्ज नाकामा लाग्ने घण्टौको जाम समाप्त भई आयात कर्ताको भाडा जोगिनुको साथै अवैध व्यपार समेत निरुत्साहित हुने विश्वाव व्यक्त गरे।

सन २०११मा निर्माण कार्य सुरु भएको आइसिपि तयार हुने साँच वर्षको समय लागेको छ ।  अलौमा निर्माण भएको आइसिपी संचालनमा आएपनि वीरगन्ज नाका लागिने घण्टौको सवारी जामबाट दुवै देशका सर्वसाधारणले छुटकारा पाउने विश्वास सर्वसाधारले लिएका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ