arrow

महिलासंग उप प्रमुख कार्यक्रम सुरु

logo
प्रकाशित २०७४ चैत २४ शनिबार
bajura_(3).jpg

बाजुरा । बाजुराको बडीमालिका नगरपालिकाले शुक्रबार देखि महिलासंग उप प्रमुख कार्यक्रम सुरु गरेको छ । नगरपाकिा भित्र रहेका महिलाहरुले भोग्दै आएका विभिन्न समस्याहरुलाई उजागर गर्नका लागि उक्त कार्यक्रम सुरु गरिएको बताइएको छ ।
 
महिलासंग उप प्रमुख कार्यक्रमले नगरपालिका भित्र रहेका महिलालाई उद्यमशिल बनाउने, महिला शसक्तिकरण र सवलीकरणका कार्यक्रमलाई प्राथमिता प्रदान गर्ने,महिला हिंसा र लैङ्गिक असमानतालाई निरुत्साहीत गर्ने,पहुँच स्थापना,समता-समानता-समविकास,सहकार्यत्मक वातावरण निर्माण गर्ने कार्यक्रमको उद्देश्य रहेको नगर उप प्रमुख कविता विष्टले जानकारी दिइन् ।
 
उनले नगरपालिका भित्र रहेका महिलाहरु उत्पिडन र घरको भान्छामा सिमित रहने गरेकाले आगामी दिनमा महिलालाई जनचेतनामुलक कार्यक्रम, सीप विकास-आयआर्जनमुलक सीप सशक्तिकरण,पहुँच वृद्धीमुलक, न्याय डेस्क, एकल -प्रभावित महिला विषेश कार्यक्रम  रहेको विष्टले बताइन् ।

 उनले बाल विवाह लैगिंक हिसा,छाउपडी प्रथा लगायतका क्षेत्रमा काम गर्ने र महिलाका गुनासा सुन्नका लागि प्रत्येक वडामा बहस संचालन गरिने उप प्रमुख विष्टको भनाई रहेको छ ।  कार्यक्रममा सहभागी धामी झाँक्री,पुरोहितहरुले महिला छाउ भएको बेला सरसफाईमा बस्ने र घर भन्दा टाढा गोठमा नराख्ने प्रतिबद्धा जनाए

छाउ प्रकृतिको नियम भएकाले छाउ भएका महिला प्रति दुव्र्यवहार नगर्ने बताएका छन् । यस्तै पुरोहितहरुले २१ वर्ष पुरा नभएका बालबालिकाको विहेमा नजाने,सोही उमेर नपुगेका महिला र पुरुषले बच्चा पाएको भएमा न्वारन गर्न नजाने बताएका छन् । परम्परागत रुपमा चल्दै आएको छाउपडी प्रथा,बाल विावह न्युनिकरण र लैङ्गिक  हिंसा नगर्ने सहभागीहरुले प्रतिबद्धता गरेका छन् ।

 महिला संग उप प्रमुख कार्यक्रममा सहभागी धामीझाँक्री र पुरोहितहरलाई छाउपडी प्रथा,लैङ्गिक हिंसा र बाल विवाहमा गर्ने गराउनेलाई कानुनी प्रावधन र सजायका बारेमा सहजीकरण गरिएको बताइएको छ । बडीमालिका नगरपालिका महिलासंग उप प्रमुख कार्यक्रमको आयोजना र सहास नेपाल,साथीआस्था परियोजनाको आर्थिक सहयोगका धामीझाँक्रीलाई छाउपडी प्रथा,लैङ्गिक हिंसा,बालविवाह सम्बन्धी अन्तरिक्रया कार्यक्रम गरिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ