भाटभटेनीको भीषण आगलागी नियन्त्रण बाहिर, दुई वटा दमकलमै प्रयास
प्रकाशित २०७४ चैत २५ आइतबार
232
Shares
बुटवल । नेपालको एक चर्चित ब्यापारिक प्रतिष्ठान भाटभटेनीको बुटवलमा भएको भिषण आगजनी नियन्त्रण बाहिर गएको छ । आइतबार बिहान करिब ४ बजे आगजनी शुरु भए पनि साढे ३ घण्टा हुनै लाग्दा नियन्त्रणको कुनै प्रयास सफल भएको छैन ।
दुई वटा मात्र दमकलले आगो निभाउने प्रयास गरेका छन् । माथिल्लो तलाबाट शुरु भएको आगजनी नियन्त्रण गर्न दमकलहरु प्रयोग भएपनि संभव भएको छैन ।
नियन्त्रणका लागि ठूलो संख्यामा सुरक्षाकर्मी खटिएका छन् । सयौं स्थानीयले पनि प्रयास गरेका छन् ।
आगोले गर्दा बुटबल क्षेत्र कालै भएको छ ।
आगजनीबाट करोडौंको क्षति भएको प्रारम्भिक अनुमान छ ।
कसरी आगजनी भयो भन्ने तथ्य बाहिर आएको छैन ।
ईलाका प्रहरी कार्यलय बुटवलले बिद्युत सर्ट भएको जानकारी आएको बताएको छ ।