arrow

भाटभटेनीको आगलागी साढे ५ घण्टापछि नियन्त्रणमा

logo
आचार्य प्रदीप 
प्रकाशित २०७४ चैत २५ आइतबार
bhat-bhateni-update.jpg

बुटवल। नेपालको एक चर्चित ब्यापारिक प्रतिष्ठान भाटभटेनीको बुटवलमा भएको भिषण आगजनी आगलागीको साढे ५ घण्टापछि नियन्त्रणमा आएको छ। आइतबार बिहान करिब ४ बजे आगजनी शुरु भए पनि नियन्त्रणको कुनै प्रयास सफल नहुँदा ढिलाई भएको हो। तीन वटा दमकल संकलन गरी आगो निभाउन लागेका थिए । त्यसैगरी सुरक्षाकर्मीदेखि सयौंको संख्यामा रहेका स्थानीयले आगो निभाउन प्रयास गरेका थिए। 

आगोले गर्दा बुटबल क्षेत्र कालै भएको थियो। आगजनीबाट करोडौंको क्षति भएको प्रारम्भिक अनुमान छ । कसरी आगजनी भयो भन्ने तथ्य बाहिर आएको छैन। ईलाका प्रहरी कार्यलय बुटवलले बिद्युत सर्ट भएको जानकारी आएको बताएको छ । मध्यान्ह १२ बजेसम्म घटनाको सबै बिवरण आउने ईप्रका बुटवलले जनाएको छ। आगलागी नियन्त्रणमा आएपनी धुवाँको मुस्लो भने भवनबाट पछिसम्म निस्किएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ