arrow

आईपीएलको पहिलो खेलमा सन्दीप नदेखिने

logo
प्रकाशित २०७४ चैत २५ आइतबार
sandeep-lamichane.jpg

काठमाडौं । पहिलो पटक नेपालबाट आईपीएलमा सहभागीता जनाउँदै गरेका नेपालका होनहार क्रिकेट खेलाडी सन्दीप लामिछाने आइतबार दिल्ली डेयरडेभिल्सको खेलमा नदेखिने भएका छन् ।   

आइतवार किंगस इलाभेन पञ्जाबसंग दिल्ली डेयरडेभिल्स  पहिलो खेल खेल्दै छन् । दिल्लीले सार्वजनिक प्लेइङ ११ का खेलाडीहरुमा सन्दीप लामिछानेको नाम समावेश गरिएको छैन । खेलमा लामिछाने बेन्चमै बस्न भएका हुन्।

दिल्लीले सार्वजनिक गरेको प्लेइङ ११ मा गौतम गम्भीर, कोलिन मुनरो, रिसव पन्त, श्रेयस ऐर, क्रिस मोरिस, विजय शंकर, ड्यानियल क्रिस्टियन, अमित मिश्रा, राहुल तेवाटिया, ट्रेन्ट बोल्ट र मोहम्मद सामी रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ