arrow

डीपीएल क्रिकेट : पारसको टोली लिग चरणबाटै आउट

logo
प्रकाशित २०७४ चैत २५ आइतबार
DPL_paras.JPG

काठमाडौं । नेपाली राष्ट्रि टोलीका कप्तान पारस खड्का नेतृत्वको विराटनगर किंग्स धनगढी प्रिमियर लिग डीपीएल–२ क्रिकेटको लिग चरणबाटै बाहिरिएको छ । आइतबार भएको लिग चरणको अन्तिम खेलमा सीवाईसी अत्तरियासँग ६ विकेटले पराजित भएसँगै विराटनगर बाहिरिएको हो । दीपेन्द्रसिंह ऐरी कप्तानीको अत्तरियाले विराटनगरलाई अघि जान दिएन ।  

वर्षा बाधक भएपछि ६ ओभरमा छोट्याइएको खेलमा ५६ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको अत्तरियाले ५ ओमर ४ बलमै ४ विकेट गुमाएर जित सुनिश्चित गर्‍यो । अत्तरियाका लागि विपिन चन्द्राले अविजित २६ र कप्तान दीपेन्द्रसिंह ऐरीले २० रन जोडे ।

विराटनगरका कप्तान पारस खड्का र रामनरेश गिरीले समान २–२ विकेट लिए तर, हार टरेन । यसअघि धनगढीको एसएसपी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले सुरुवातमा राम्रो प्रदर्शन गरेर मध्यम स्कोर बनाएको थियो ।  विराटनगरले ६ ओभरमा ३ विकेट नोक्सान हुँदा ५५ रन बनाएको थियो । विराटनगरका लागि अनिलकुमार शाह र दिलिप नाथले समान १५–१५ रन जोडे । बाबर हायतले १४ र कप्तान पारस खड्काले ९ रन बनाए ।

यो जितले सीवाईसी अत्तरिया प्लेअफमा पुगेको छ । प्ले अफमा काठमाडौं गोल्डेन्स, टिम चौराह धनगढी, महेन्द्रनगर युनाइनटेड र अतरिया पुगेका छन् भने विराटनगर किंग्स र रुपन्देही च्यालेन्जर्स लिग चरणबाटै बाहिरिएका छन् ।

अब, पहिलो क्वालिफायरमा काठमाडौं र धनगढीबीच प्रतिस्पर्धा हुनेछ  । यी दुई टोलीबीचको विजेता डीपीएलको फाइनलमा पुग्ने छ । त्यस्तै, हार्ने टोलीले फाइनल प्रवेशका लागि एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल खेल्नेछ । एलिमिनेटर खेलमा महेन्द्रनगर र अतरिया आमुन्ने सामुन्ने हुँदै छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ