arrow

मेलम्चीको सुरुङ खन्ने काम बिहीबार सकिने

logo
प्रकाशित २०७४ चैत २६ सोमबार
melamchi--water-supply.png

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने मुख्य काम आउने बिहीबार सकिने भएको छ । सुरुङ खन्न अब ७ मिटर मात्रै बाँकी रहेकाले आउने विहिबारसम्म ग्याल्थुम–सिन्धु खण्डको सुरुङ छेड्ने काम सकिने आयोजनाले जनाएको छ ।
 
काठमाडौं उपत्यका खानेपानी लिमिटेड अन्तर्गत परियोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले सुरुङको मुख्य काम लगभग सकिएको र अब एक दुई दिनमा बाँकी काम सक्नेगरी तयारी भइरहेको जानकारी दिए ।

 सिन्धुपाल्चोकको मेलम्ची बजार नजिकै विशेष कार्यक्रम गरी सुरुङ छेडिएको घोषणा गर्ने तयारी छ । आउँदो दशैंअघि नै काठमाडौंमा मेलम्चीको खानेपानी ल्याउने तयारी भइरहेको आयोजनाले दावी गर्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ