arrow

बिडिसिए क्रिकेट : ग्वाल्लेक प्रतियोगिताबाट बाहिरियो

logo
प्रकाशित २०७४ चैत २६ सोमबार
cricket-ballhitting-wickets.jpg.jpeg

बैतडी । ग्वाल्लेक क्रिकेट क्लब, यहाँ जारी बैतडी जिल्ला क्रिकेट संघ(बिडिसिए) कप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ ।

निंगलाशैनी खेल मैदान देहिमाण्डौँमा सोमवार टस हारेर ब्याटिङ गर्दै ग्वाल्लेकले १० ओभरमा ३१ रन मात्र बनायो । खोड्पे क्रिकेट क्लबले ३२ रनको विजय लक्ष्य एक दशमलव पाँच ओभरमा बिना विकेट पुरा गर्‍यो । दश विकेटको हारसँगै ग्वाल्लेक प्रतियोगिताबाट बाहिरिएको हो । ग्वाल्लेकका कुनै पनि ब्याट्सम्यानले दोहोर अंकमा रन बनाउन सकेनन् ।

बलिङ्तर्फ खोड्पेका लागि दीपेन्द्र ऐरी र रुपेश ऐेरीले तीन-तीन विकेट लिए ।
यसअघि खोड्पेका लागि म्यान अफ द म्याच दीपेन्द्र ऐरीले अविजित ३६ रन बनाउँदै आफ्नो टिमलाई १० विकेटको ठूलो जित दिलाएका थिए ।

यसैगरी, बुड्डाबाजे क्रिकेट मैदान रातामाटामा भएको अर्को खेलमा त्रिपुरा क्रिकेट क्लबले कैलपाल क्रिकेट क्लबलाई दुई विकेटले पराजित गर्‍यो । टस जितेर ब्याटिङ गरेको कैलपालले नौ विकेटको क्षतिमा १२४ रन बनायो । एक सय २५ रनको विजय लक्ष्य त्रिपुराले १७ ओभरमा आठ विकेटको क्षतिमा पूरा गर्‍यो । त्रिपुराका लागि कप्तान वीरेन्द्र रानाले ३६ रन बनाए ।

बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा आइतबारदेखि शुरु भएको प्रतियोगितामा १६ टिमको सहभागिता रहेको संघका कोषाध्यक्ष खेमराज भट्टले जानकारी दिए । प्रतियोगिताको विजेताले रु ३० हजार, उपविजेताले रु २० हजार तथा म्यान अफ द सिरिजले रु पाँच हजार नगद, ट्रफी र प्रमाणपत्र पाउने छन् । बिडिसिए कप क्रिकेट प्रतियोगिताको यो १७औँ संस्करण हो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ