arrow

क्यान्सर पिडितलाई सहयोग

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७४ चैत २६ सोमबार
cancer-pidit.JPG

स्याङ्जा ।  वालिङ १० कि ५८ बर्षिय देउमाया खाँण दुई बर्ष देखि घाटीमा क्यान्सर रोगले पिडित छन् । शुरुमा घाटीमा समस्या देखिएपछि स्थानीय स्वास्थ्य संस्था हुदै काठमाण्डौ सम्म उपचार गर्न पुगिन ।

उनलाई घाटीमा क्यान्सर रोग लागेको पत्ता भक्तपुर क्यान्सर अस्पतालले लगायो । दुई बर्षदेखि क्यान्सर पिडित खाँण उपचारकै क्रममा छन् । आर्थिक अभावले निकै कमजोर खाँण लगातार अस्पताल धाउदा धाउदा आर्थिक समस्याले उपचारमा कठिनाई देखियो । आर्थिक अवस्थाका कारण उपचारमा कठिनाई भएको खवर स्थानीय धनबहादुर मल्लले थाहा पाएपछि सहयोग जुटाउने अभियानमा लागे ।

मल्लका साला राजु सेन हाल हङ्कङमा रहेका छन् । उनको प्रयासबाट संकलित २ लाख ७४ हजार ५२ रुपैया रकम आफ्ना भेना धनबहादुर मार्फत रकम हस्तान्तरण गर्न आग्रह गरे । धनबहादुर मल्लले एक कार्यक्रमको आयोजना गरि सो रकम क्यान्सर पिडित खाँणलाई हस्तान्तरण गरेका छन् । वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणको हातबाट क्यान्सर पिडित देउकुमारीलाई स्थानीय दर्शन वचत तथा ऋण सहकारीको चेक हस्तान्तरण गरिएको छ । हस्तान्तरण पछि नगर प्रमुख खाँणले निकै खर्चिलो हुने रोगल समस्या देखिन थालेको बताए । खानपान र अनाधिकृत औषधीका कारण यस्ता खालका रोग उत्पन्न हुनुले नागरिकमा अत्यन्तै कठिन समस्या हुन लागेको नगरप्रमुख खाँणको भनाई थियो ।

वालिङ नगरपालिकाले छिट्टै स्वास्थ्य सम्वन्धी कानुन निर्माणमा लागेका उल्लेख गर्दै अनाधिकृत तवरले विक्रि वितरण हुने गरेका औषधीलाई छिट्टै निरुत्साही पार्ने बताए । चिकित्सकको सल्लाह विना कुनै पनि अनाधिकृत औषधी सेवन नगर्न पनि नगरवासीलाई सुझाव खाँणले दिए । २ छोरा ३ छोरी र श्रीमान रहेका क्यान्सर पिडित खाँणले आर्थिक अभावले उपचारमा कठिनाई भएका बेला यो सहयोगले केही राहत मिलेको बताईन् ।

उक्त सहयोग हस्तान्तरण कार्यक्रममा दर्शन बचत तथा ऋण सहकारीका पुर्व अध्यक्ष बिष्णुप्रताप खाँण, अध्यक्ष भेषबहादुर खाँण, प्रवन्धक दयनाथ तिवारी, गुप्तबहादुर खाँणले खानपानका कारण हिजो आज ठुलो रोगको सामाना गर्नुपर्ने अवस्था नागरिकले व्यहोनु परेको अवस्थामा सरकारले पनि यस्ता रोगीहरुलाई निशुल्क उपचार गर्नु पर्ने व्यवस्था मिलाउन आग्रह गरे ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ