arrow

एनआईसी एशियाको नयाँ शाखा चितवनमा, उद्घाटनमा पुगिन् रेणु

logo
प्रकाशित २०७४ चैत २६ सोमबार
Nic-Asia-Bank-1.jpg

काठमाडौं । एनआईसी एशिया बैंकको नयाँ शाखा चीतवनको भरतपुर खुलेको छ । चितवन स्थित गीतानगर–चोकबजार शाखाको सोमवार एक समारोहका बिच भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल र बैंकका संचालक राजेन्द्र प्रसाद अर्यालले संयुक्त उद्घाटन गरे ।

कार्यक्रमकी प्रमुख अतिथी रेणु दाहालले एनआईसी एशिया बैंकले अवलम्बन गरेको शाखा सञ्जाल विस्तार रणनीति एक अग्रगामी कदम भएको भन्दै यस्ता रणनीतिले देशको आर्थिक विकासमा टेवा पुग्ने विश्वास लिएको जनाकारी गराइन‍् ।  साथै उक्त कार्यक्रममा संचालक राजेन्द्र प्रसाद अर्यालले  बैंकले देशका कुना कन्दरामा बसोबास गर्ने स्थानीय सर्वसाधारणहरूलाई वित्तीय सेवाको पहुँचमा ल्याउने र यस यात्रालाई निरन्तरता दिदै जाने कुराको जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ