arrow

प्रदेश स्तरिय क्रिकेट प्रतियोगीता सुरु

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७४ चैत २७ मंगलबार
kapilbastu3.jpg

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका शिवपुरमा रहेको शिवशक्ति युवा क्लवको आयोजनामा ५ नं  प्रदेश स्तारिय खुल्ला टि २० न्यु इयर कप २०७५ क्रिकेट प्रतियोगीता आज देखि सुरु भएको छ ।

 कपिलवस्तु क्षेत्र न ३ का सांसद अभिषेक प्रताप शाहले खेलको उद्दघाटन गर्दै खेल र खेलाडीहरुलाई राज्यले उचित व्यवस्थापन गर्न विशेष किसिमको व्यवस्था बताए ।  उनले  खेलाडीहरुको परिश्रमिक र खेल व्यवस्थापनका विषयमा सांसद बैठकमा कुरा राख्ने बताए । छिमेकी भारत पकिस्तान, बगंलादेश लगायत दक्षिण एशियामा जस्तो मुलुकमा क्रिकेट खेललाई राष्ट्रिय दर्जाको रुपमा दिएकोले नेपालमा पनि यसलाई राष्ट्रिय दर्जाको रुपमा अघी बढाउनका लागि ध्यान दिनुपर्ने बताए ।

नेपाली क्रिकेट टोलीले अन्तराष्ट्रिय जगतमा पछिल्लो समयमा खेल सुधारदै नेपालीहरुको शिर उच्च गरेको भन्दै  सांसद शाहले खुलेर प्रसांस गरे ।  शाहले नेपालको खेलकुद क्षेत्रले छोटो समयमै राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा पाएको सफलताले खेलकुदमा  प्रभावकारी काम गर्नसके छिदै सफलता हासिल गर्ने विश्वास व्यक्त गरे। स्थानिय स्तरमा रहेका खेलाडीहरुलाई संरक्षण गर्दे उनीहरुलाई पनि राष्टिय स्तरसम्म लैजना आफुले सक्दो पहले गर्ने सांसद शाहले बताए ।
 
शिवपुर कलौनीमा मंगलवार देखि सुरु भएको खेलमा १० टिमले  सहभागीता रहेको आयोजक संस्थाले जनाएको छ । कपिलवस्तुको पहिचना र खेलको सम्मान,  अनुशासित र मर्या्दित समाज निर्माण गरी राष्ट्रलाई विकास गर्ने उदेश्यले खेल अयोजना गरीएको शिवशक्ती युवा क्लब खेल व्यवस्थापक मोहन पौडेले बताए ।

प्रदेश स्तरीय क्रिकेट खेलमा प्रदेश ५ नं प्रदेशका सबै जिल्लाका १५ वटा क्रिकेट समुहले सहभागीता जनाएको  आयोजक सस्थाका अध्यक्ष जयवल्लभ भट्टराईले जनाए । खेलको विजेताले नगद ६० हजार, उपविजेताले ३० हजार प्राप्त गर्नेछन । खेल २०७५ बैशाख ५ गते सम्म चल्ने छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ