arrow

सुनसरी पाँचथर गोल्डकपको सेमिफाइनलमा प्रवेश

विजेताले ३ लाख ५५ हजार र उपविजेताले १ लाख ५५ हजार रुपैया हात पार्ने

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७४ चैत २७ मंगलबार
panchtar_goldcup.JPG

पाँचथर । जावलाखेल युथ क्लब ललीतपुरलाई पराजित गर्दै न्यू स्टार फुटबल क्लब सुनसरीले दोस्रो वाइवाई पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान पक्का गरेको छ । फिदिम माविको खेलमैदानमा मगलबार सम्पन्न खेलमा ट्राइबेकरमा ४–२ गोल अन्तरको जित निकाल्दै सुनसरिले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

 खेलको निर्धारित समयमा दुवै टिमले दुई–दुई गोलको बराबरि खेलेपछि खेलको निर्णय ट्राइबेकरबाट लिइएको हो । खेलको ३४ औँ र ८४ औँ मिनेटमा सुनसरिका हेमन्त थापामगरले गोल गरे । जावलाखेलका लागि डिजेब्रिलले ५१ औँ र ग्लोरिले ७० औँ मिनेटमा गोल गरे । ट्राइबेकरमा सुनसरिका हेमन्त थापामगर, निशान लिम्वू, सुरज सुनुवार र रमेश राजवंशीले गोल गरे ।

जावलाखेल बाट टंक कार्की र डिजेब्रिलको प्रहारले जालि चुम्दा सुशान्त श्रेष्ट र बिशाल तामाङको प्रहार सुनसरिका गोलकिपर बिवश चौधरिले रोकिदिए ।

विपक्षि खेलाडीलाई फल गरेपछि न्यू स्टार सुनसरिका जीवन धामि २२ औँ मिनेटमा रातो कार्ड पाउंदै मैदान बाहिरीएपछि दबाबमा परेको सुनसरिले सम्हालिएको खेल खेल्दै जित दर्ता गरेको हो ।

 खेलको म्यान अफ द म्याच न्यू स्टार सुनसरिका गोलकिपर बिवश चौधरि भए उनले नगद ५ हजार प्राप्त गरे । वुधबार विजय युथ क्लब हेटौडाले डिफेडिङ च्याम्पियन विर्ता युनाइटेड झापाको सामना गर्नेछ ।

८ टिम सहभागि प्रतियोगिताको विजेताले ३ लाख ५ हजार ५ सय ५५ रुपैया तथा उपविजेताले १ लाख ५५ हजार ५ सय ५५ रुपैया हात पार्ने आयोजक पाँचथर फुटबल क्लवका अध्यक्ष अनुराग मगरले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ