arrow

आईपीएलमा सन्दीप लामिछानेको खेल

logo
प्रकाशित २०७४ चैत २८ बुधबार
sandeep-lamichane.jpg

काठमाडौं । भारतमा भइरहेको इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको बुधबार रातिको खेलमा नेपालबाट पहिलो पटक सहभागीता जनाउने मौका पाएका स्पीन बलर सन्दीप लामिछानेको टिम दिल्ली डेयर डेभिल्सले खेल्दैछ । 

खेल राजस्थान रोयल्ससंग उसकै मैदान जयपुरमा हुँदैछ । दुवै टिमले दोस्रो खेल खेल्न लागेका हुन् । दुवै टिमले पहिलो खेल हारेका थिए । दिल्लीले किंगस ११ पंजाबसंग र राजस्थानले सनराइजर्स हैदराबादसंग हार बेहोरेको थियो । 

यो खेल दुवै टिमका लागि जित्नुपर्ने महत्वपूर्ण खेल छ । यस्तो परिस्थितिमा नयाँ खेलाडीले अवसर कत्तिको पाउँछन् भन्न सक्ने अवस्था छैन । 

सन्दीपले यो खेलमा पनि खेल्न पाउने सम्भावना कम छ । किनकि दिल्ली दवावमा छ । 

खेल नेपाली समय अनुसार राति ८ः१५ बजे सुरु हुनेछ।


लिगमा अहिलेसम्म दुई वर्षपछि लिगमा फर्किएको महेन्द्र सिंह धोनी कप्तान रहेको चेन्नई सुपर किंगस २ खेलबाट ४ अंकसहित शिर्ष स्थानमा छ । हैदराबाद र पञ्जावले एक एक खेलबाट जित हासिल गरेका छन् । 

कोलकाताले दुई खेलमा एकमा जित निकालेको छ । मुम्बई, दिल्ली, बैंगलोर र राजस्थान अंकविहिन छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ