arrow

नेपालकै अहिलेसम्मको ठूलो ईन्टरनेशनल ग्रान्डमास्टर चेस प्रतियोगिता काठमाडौंमा सुरु 

logo
प्रकाशित २०७४ चैत ३० शुक्रबार
chess1.jpg

काठमाडौं । नेपालमै आयोजना भएका चेस प्रतियोगितामध्ये सबैभन्दा ठूलो ‘काठमाडौं ओपन ईन्टरनेशनल ग्रान्डमास्टर चेस प्रतियोगिता’ शुक्रबार बिहानबाट सुरु हुँदैछ । प्रतियोगिताको औपचारिक उद्घाटन विहिबारै भब्य रुपले भएको छ । 

यस प्रतियोगितालाई नेपालमा भएका प्रतियोगतामध्ये सर्वाधिक राशी र उच्च खेलाडी सहभागिता रहेको दावी गरिएको छ । प्रतियोगितामा बिभिन्न देशबाट आएका ११ ग्रान्डमास्टर, २ जना वोमेन ग्रान्डमास्टर र १० भन्दा बढी इन्टरनेशन मास्टर सहभागि हुने आयोजनले जनाएको छ । 

४ बैशाखसम्म चल्ने प्रतियोगिता स्वीस लिग प्रणालीमा नौ चरणको हुने बताइएको छ । प्रतियोगिताको उद्घाटन गर्दै युवा तथा खेलकुद मन्त्री जगत सुनार बिश्वकर्माले यस किसिमको ठुलो प्रतियोगिताले चेस खेलको बिकासमा सघाउँ पुग्ने बिश्वास ब्यक्त गरे ।   

१० लाख रुपैयाँ नगद पुरस्कार रहेको प्रतियोगितामा विदेशी र नेपाली गरी १ सय ८० जना  खेलाडीको सहभागिता रहने छ । प्रतियोगितामा अमेरिका, स्पेन, रसिया, ईजरायल, अजरवैजान, रोमानिया, भारत, श्रीलंका, भुटान, बेलारुस, अष्ट्रेलिया, बंगलादेश, मलेसिया, भियतनाम र केन्या गरी करिव सय जना तथा नेपालका ८० गरी जम्मा १ सय ८० खेलाडीको सहभागीता रहने भएको हो । 

प्रतियोगितामा जिएम, आइएम र डब्लु जीएम गरी दुइ दर्जन भन्दा बढी मास्टर सहभागि छन् । प्रतियोगितामा नेपालका वर्तमान तथा पूर्व राष्ट्रिय च्यापियनहरु एवं ओलम्पियाड खेलाडी लगायत प्रायः सबै शीर्ष खेलाडीको सहभागिता रहेका छन् । 

प्रतियोगिताको मुख्य प्रायोजक केएनपी जापान रहेको छ । चेस प्रतियोगितामा भएको प्रायोजन समेत सबैभन्दा ठुलो भएको दावी गरिएको छ । खेल बुढानिलकन्ठस्थित पार्क भिलेजमा खेल संचालन हुनेछ ।

स्विस लिग अनुसार ९ चरणसम्म चल्ने प्रतियोगितामा १२ जना ग्रान्डमास्टर, १० जना ईन्टरनेशनलमास्टर, १० जना फिडेमास्टर, १० जना क्यान्डिडेटमास्टरको सहभागीता टुंगो लागिसकेको छ । 

प्रतियोगितामा नेपालका वर्तमान तथा पूर्व राष्ट्रिय च्यापियनहरु एवं ओलम्पियाड खेलाडी लगायत प्रायः सबै शीर्ष खेलाडी सहभागी हुनेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ