arrow

आर्सनल र एथ्लेटिको मड्रिड युरोपा लिगको सेमिफाइनलमा 

logo
प्रकाशित २०७४ चैत ३० शुक्रबार
arsenal9.jpg

काठमाडौं । इंगलिस क्लव आर्सनल र स्पेनिस क्लव एथ्लेटिको मड्रिड युरोपा लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । 

बिहिबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा आर्सनल रसियन क्लब सीएसकेए मस्कोसँग २–२ को बराबरीमा रोकिए पनि एग्रिगेशनमा ६–३ को अग्रता बनाउँदै सेमिफाइनलमा स्थान बनाउन सफल भयो । पहिलो लेगमा घरेलु मैदानमा खेल आर्सनलले ४–१ ले जितेको थियो । 

मस्कोको मैदानमा भएको खेलमा घरेलु टिमले दुई शुन्यको अग्रतालाई जोगाउन नसक्दा बराबरीमै रोकियो । 

चालोभ र नबाबकिनले मस्कोलाई गोल दिलाएका थिए भने डेनी वेल्बेक र आरोन राम्सेले आर्सनका लागि गोल फर्काएका थिए । 

त्यस्तै अर्को खेलमा एथ्लेटिको मड्रिडले पोर्चुगिज क्लब स्पोर्टिङलाई एग्रिगेशनमा २–१ ले हराउँदै अन्तिम चारमा स्थान बनायो । 

पहिलो लेग २–० ले जितेको एथ्लेटिकोले दोस्रो लेगमा भने १–० को पराजय बेहोरेको थियो । 

युरोपा लिगका खेलमा मार्सेले लेप्जिगलाई एग्रिगेशनमा ५–३ ले र साल्बर्गले लाजियोलाई ६–५ ले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेका छन् । 

Aaron Ramsey celebrates his injury-time strike with Danny Welbeck as Arsenal survived an almighty scare in Moscow

CSKA's players celebrate their second of the night as Arsenal midfielder Ramsey looks down to the ground in disbelief

Fyodor Chalov celebrates his strike which hauled CSKA Moscow back into the tie in the 38th minute at the VEB Stadium

 

Arsene Wenger named his strongest possible XI for the clash with the Europa League now Arsenal's priority this campaignRussian left back Kirill Nababkin controls under pressure from Welbeck during the opening stages on Thursday night



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ