arrow

डिपिएलको फाइनलमा धनगढीले दियो काठमाडौँलाई १८२ रनको लक्ष्य

logo
प्रकाशित २०७४ चैत ३० शुक्रबार
dpl-dhangadi-ktm.JPG

धनगढी । यहाँ जारी धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रवारको फाइनल खेलमा टिम चौराह धनगढीले काठमाडौँ गोल्डेन्सलाई १८२ रनको विजय लक्ष्य दिएको छ ।

प्रदेश नं ७ को संघीय एकाइ प्रहरी कार्यालयको खेल मैदानमा भइरहेको खेलमा धनगढीले टस जितेर ब्याटिङ गर्ने निर्णय गर्‍यो । निर्धारित २० ओभरको खेलमा धनगढीले चार विकेट गुमाउँदै १८१ रन बनायो ।

धनगढीका लागि सुनिल धमलाले ७८ तथा रोहन मुस्तफाले ६० रनको योगदान दिए । धमलाले ६३ बलमा तीन छक्का र आठ चौका प्रहार गरे । मुस्तफाले ४२ बल खेल्दै चार छक्का र चार चौका हाने । सोमपाल कामीले अविजित रहँदै आठ रन बनाए ।

बलिङतर्फ काठमाडौँका लागि सुबोथ भाटीले दुई तथा सन्नी पटेलले एक विकेट लिए । अहिले काठमाडौँ गोल्डेन्स १८२ रनको विजय लक्ष्य पछ्याउँदै ब्याटिङ गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ