arrow

टीम चौराहालाई धनगढी प्रिमियर लिगको उपाधि

logo
प्रकाशित २०७४ चैत ३० शुक्रबार
dpl-final.JPG

काठमाडौं।  धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको उपाधि  टिम चौराह धनगढीले पाएको छ । शुक्रवारको फाइनल खेलमा काठमाडौँ गोल्डेन्सलाई हराउदै  टीम चौराहा  धनगढीले उपाधि पाएको हो ।

टीम चौराहाले काठमाडौँ गोल्डेन्सलाई २१ रनले पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।  फाइनल खेलमा टिम चौराह धनगढीले काठमाडौँ गोल्डेन्सलाई १८२ रनको विजय लक्ष्य दिएको थियो ।

प्रदेश नं ७ को संघीय एकाइ प्रहरी कार्यालयको खेल मैदानमा भइरहेको खेलमा धनगढीले टस जितेर ब्याटिङ गर्ने निर्णय गर्‍यो । निर्धारित २० ओभरको खेलमा धनगढीले चार विकेट गुमाउँदै १८१ रन बनायो ।

धनगढीका लागि सुनिल धमलाले ७८ तथा रोहन मुस्तफाले ६० रनको योगदान दिए । धमलाले ६३ बलमा तीन छक्का र आठ चौका प्रहार गरे । मुस्तफाले ४२ बल खेल्दै चार छक्का र चार चौका हाने । सोमपाल कामीले अविजित रहँदै आठ रन बनाए ।

ब्याटिङतर्फ काठमाडौँ गोल्डेन्सका लागि अमित श्रेष्ठले ५८ रन बनाए । उनले ३९ बलमा तीन छक्का र सात चौका प्रहार गरे । यस्तै ज्ञानेन्द्र मल्लले ३०, सन्नी पटेल २२, नरेश बुढाऐरले १९ तथा पुष्प थापाले १५ रन बनाए । 

बलिङतर्फ धनगढीका लागि ललितसिंह भण्डारीले तीन, रोहन मुस्तफाले दुई तथा सम्साद शेख र योगेन्द्रसिंह कार्कीले एक÷एक विकेट लिए । जितसँगै धनगढीले रु २५ लाख प्राप्त गर्‍यो भने उपविजेता काठमाडौँले १५ लाख प्राप्त ग¥यो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ