arrow

झापा पाँचथर गोल्डकपको फाइनलमा प्रवेश

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७४ चैत ३० शुक्रबार
nike-football.ashx.jpg.jpeg

पाँचथर । पाँचथरको फिदिममा जारी दोस्रो पाँचथर गोल्डकप फुटबल प्रतियोगितामा विर्तामोड यूनाइटेड क्लव झापा फाइनलमा प्रवेश गरेको छ ।

शुक्रवार भएको अन्तिम सेमिफाइनल खेलमा रेड हर्स इलामलाई ० का विरुद्ध ३ गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो । झापालाई जिताउन नवयुग श्रेष्ठ एक्लैले ह्याट्रि गरेका थिए । खेलको ४ औ,४१ औँ, र ५९ औँ मिनेटमा गोल गरी टिमलाई जिताएका थिए ।

शुक्रवारको खेलमा उत्कृष्ट प्रर्दशन गरेका श्रेष्ठ नै म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्र्तगत वैशाख २ गते हुने फाइनल खेलमा आजको विजेता झापा र सुनसरी वीच प्रतिस्पर्धा हुने आयोजक पाँचथर फुटबल क्लवका अध्यक्ष अनुराग मगरले बताए ।

आठ टिम सहभागि प्रतियोगिताको विजेताले ३ लाख ५ हजार ५ सय ५५ रुपैया तथा उपविजेताले १ लाख ५५ हजार ५ सय ५५ रुपैया हात पार्ने आयोजकले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ