arrow

पहिलाे राष्ट्रिय आर्थिक गणना सुरु

logo
प्रकाशित २०७५ वैशाख १ शनिबार
aarthik_news.JPG

काठमाडौँ । प्रथम राष्ट्रिय आर्थिक गणना–२०७५ शनिबारबाट सुरु भएको छ । केन्द्रीय तथ्यांक विभागले आगामी जेठ ३१ गतेसम्म सञ्चालन गर्ने याे गणनाका उद्देश्य केन्द्र, प्रदेश तथा स्थानीयतहसम्म योजना तर्जुमा र नीति निर्माण गर्नका लागि आधारभूत आर्थिक तथ्यांक उपलब्ध गराउन, मुलुकको राष्ट्रिय लेखा प्रणालीको सुदृढीकरण गर्न, सम्बन्धित क्षेत्रका उद्योगी, व्यवसायी, लगानीकर्ता र प्राज्ञिक अनुसन्धानकर्ता तथा अन्य तथ्यांक प्रयोगकर्तालाई क्रमशःव्यवसाय समृद्धिका लागि नीति तथा योजना तर्जुमा गर्न एंव अध्ययन अनुसन्धानका लागि आवश्यक पर्ने आधारभूत तथ्यांक उपलब्ध गराउनु रहेको छ ।

आर्थिक गणनालाई सफलताका साथ सम्पन्न गर्न विभागले ७७ जिल्लामा गत चैत १ गतेदेखि ४ महिनाका लागि जिल्ला आर्थिक गणना कार्यालय स्थापना गरिसकेको छ । सो कार्यका लागि सुपरिवेक्षक तथा गणकलाई तालिम प्रदान गरी आआफ्नो कार्य क्षेत्रमा खटाइसकिएको विभागका महानिर्देशक सुमनराज अर्यालले जानकारी दिए ।

विभागबाट आर्थिक गणनाका विवरण संकलन गर्न प्रत्येक घरदैलो, व्यापारिक प्रतिष्ठान वा व्यवसायस्थलमा गणना कर्मचारी पुग्ने भएकाले त्यसमा सहयोग गर्न सम्बन्धित सबै पक्षसँग उनले आग्रह गरे ।

राष्ट्रिय आर्थिक गणना नेपालको पहिलो तथा ऐतिहासिक बृहत् तथ्यंकीय कार्य भएकाले गणनाको स्मृतिमा विभागले आफ्नो परिसरमा ‘आर्थिक गणना स्तम्भ’ समेत निर्माण गरेको छ ।

विभागले अायाेजना गरेकाे कार्यक्रममा अर्थमन्त्री डा युवराज खतिवडाले प्रथम राष्ट्रिय आर्थिक गणना २०७५ को शुभारम्भ तथा स्तम्भको अनावरण गरे । याे अवसरमा अर्थमन्त्री खतिवडाले आर्थिक नीति तर्जुमा तथा योजना निर्माणका लागि ‘राष्ट्रिय आर्थिक गणना २०७५’ कोशे ढुंगा सावित हुने विश्वास व्यक्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ