- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । आईपीएल टी–२० क्रिकेटमा नेपाली स्पीन बलर सन्दिप लामिछाने रहेको टिम दिल्ली डेयर डेभिल्सले पहिलो जित हात पारेको छ ।
दिल्लीले शनिबार बेलुकी मुम्बई इण्डियन्समाथि ७ विकेटको रोमाञ्चक जित निकाल्यो । १९५ रनको विजयी लक्ष्य दिल्लीले ३ विकेटको नोक्सानीमा पुरा गर्यो । जासन रोयले ५३ बलमा नटआउट ९१ रन बनाउँदै दिल्लीलाई जिताए ।
रिसब पन्तले २५ बलमा ४७ रन बनाए । यसअघि मुम्बईले ७ विकेटको नोक्सानीमा १९४ रन बनाएको थियो । मुम्बईका लागि ओपनर सुर्य कुमार यादवले ५३ र इभाँ लुइसले ४८ रन बनाएका थिए । तर मुम्बईले जित हात पारेन
तीन खेलमा दिल्लीको यो पहिलो जित हो भने मुम्बईको तेस्रो हार हो ।
के होला सन्दिपको ?
तीन खेलमा सन्दिपले मौका पाएनन् । उनी बिना पनि टिमले जित्यो । सब लगातार फर्ममा आयो भने दिल्लीले सन्दिपलाई खेल्न दिने मौका अझै कम हुन सक्छ ।
हारले दिल्लीले झन् नयाँलाई कसरी अवसर दिन सक्थ्यो र ।
सन्दिपले खेल्न नपाए पनि सिक्ने अवसर भने बढी नै पाएका छन् ।
सन्दिपले विश्वकप छनोटका लागि छनोट चरण र छनोट खेलका बेलामा पाएको सफलताबारे दिल्लीले निकै चासोका साथ सन्देश र खुशी ट्वीट गर्ने गरेको थियो ।
तर जब आइपीएल सुरु भयो तब भने कममात्र ट्वीट गर्न थालेको छ । यसको कारणमा सन्दिपले खेल्न नपाएपछि नेपालीले धैर्य गुमाउनु नै हो ।
छाडा शब्द मिसाएर सन्देश पोष्ट भएपछि दिल्लीले सन्दिपलाई कम प्राथमिकतामा राखेको हो ।
सन्दिपले अब कहिले खेल्न पाउलान् भन्ने प्रतिक्षा बाहेक अरु कुनै विकल्प हुनै सक्दैन ।