बाहिरी मुलुक लैजान लागिएका ५० गोरु नियन्त्रणमा

प्रकाशित मिति : २०७५ बैशाख २ आइतबार , ३,६३३ पटक हेरिएको
तस्वीर–वेब

खजुरा । बाहिरी मुलुक लैजानका लागि तयारी अवस्थामा राखिएका बाँके जिल्लाको डुडुवा गाउँपालिका–४ कम्दी खालेमशाह गाउँबाट ५० वटा गोरु प्रहरीले नियन्त्रणमा लिएको छ । 

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार खालेमसाह गाउँ बाहिर जम्मा गरेर राखेको अवस्थामा एउटै डोरीमा बाँधिएका ती गोरु स्थानीय तथा प्रहरीको सक्रियतामा नियन्त्रणमा लिइएको हो । 

शनिबार नियन्त्रणमा लिइएको गोरुलाई शनिबार राति नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ । पछिल्लो समयमा तस्करी गरेर भारतको उत्तरप्रदेश तथा आसपासबाट संकलन गरी नेपाल ल्याउने भन्सार तथा पशु क्वारेन्टाइनबाट समेत कागजपत्र मिलाएर पूर्वी नाका हुँदै बाहिरी मुलुक पुर्याउने गरिन्छ । 

सम्बन्धित समाचार

नयाँ