- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले बजार अनुगमनबारे कर्मचारीहरुलाई प्रश्न गरेका छन् । आईतबार कर्मचारीलाई मन्त्रालयमा बोलाएर मन्त्री यादवले अनुगमन हुने तर कसैलाई पनि कारवाही नहुने यो के हो ? भनि प्रश्न गरेका हुन् ।
मन्त्री यादवले कृत्रिम अभाव, महङ्गी र कालोबजारी नियन्त्रण गर्न भन्दै हुने गरेको बजार अनुगमनका विषयमा गम्भी हुन भन्दै दोषीलाई कारबाही किन गर्नुहुन्न ? भनि प्रश्न सोधे । उनले अब कारबाही नहुने अवस्थाको अन्त्य गर्दै दोषीलाई तत्काल मुद्दा चलाउने र जनतालाई राहत दिनेबारे सोच्न भनेका छन् । उनले प्रश्न मात्रै साेधेनन् । तवर तरीकाबारे पनि भने ।
व्यवसायीको दबाबमा बजार अनुगमन नै रोकेको भनि आरोप खेपिरहेका मन्त्री यादवले विभिन्न विभागहरुले बजार अनुगमन गरेको तर कानुनी काराबाहीको दायरामा नपुग्ने गरेकोप्रति आफू गम्भीर भएको सुनाए ।
‘जनताले अनुभुत गर्ने गरी नभएका बजार अनुगमनको के अर्थ हुन्छ, मन्त्री यादवले प्रश्न गर्दै भने, ‘तपाईंहरु बजारमा गलत भएको भनेर अनुगमन गरी प्रतिवेदन त पेश गर्नुहुन्छ तर सरकारी वकिलले मुद्दा चलाउन किन प्रतिवादी भेट्दैन ?’
यादवले अबका दिनमा कुनै कर्मचारीले अनुगमनका नाममा बदमासी गरेमा तत्काल आफै पुगेर ठेगान लगाउने चेतावनी पनि दिएका छन् । मन्त्री यादवले व्यापारी केन्द्रित बजार अनुगमन गर्ने कार्य अन्त्य गर्दै सेवाग्राही केन्द्रित हुन, भनेका छन् । उनले दोषीलाई कुनै पनि हालतमा उम्कन नदिने पनि भनेका छन् ।