arrow

ट्यांकर चालक कुटेको विरोधमा वीरगन्ज नाकाबाट इन्धन ढुवानी अवरुद्ध

logo
बिजय चौहान,
प्रकाशित २०७५ वैशाख ३ सोमबार
rakswal.jpg

वीरगन्ज । भारतबाट नेपालका लागि वीरगन्ज नाका प्रयोग गरी हुने इन्धनको आयात सोमवार विहान देखी अवरुद्ध भएको छ । शान्ति सुरक्षाको मांग गर्दै ट्यांकर चालकहरुले सिमावर्ती भारतीय सहर रक्सौल र बरौनि डिपोबाट इन्धनको ढुवानी नगरेपछि आयाता अवरुद्ध भएको हो ।

ना ३ ख ९६३९ नम्बरको ट्यांकर चालक सन्तोष प्रसाइलाई आइतबार बेलुका इनर्वा प्रहरी चौकीका इन्चार्ज सहितका सुरक्षाकर्मीले र्निघात कुटपिट गरी घाइते बनाएको विरोधमा इन्धनको  ढुवानीलाई अनिश्चित कालकालागि अवरुद्ध गरेको नेपाल ट्यांकर चालक संघका अध्यक्ष विनोद मानन्धरले जानकारी दिए । उनले दोषि प्रहरीलाई कार्यवाही र ट्यांकर चालकहरुलाई सुरक्षाको  प्रत्याभुति नगराएसम्म ढुवानी ठप्प रहने बताए ।

यसै विषयमा नेपाल आयल निगम क्षेत्रीय कार्यालय अमलेखगन्जका क्षेत्रीय प्रबन्धक प्रदीप यादवसंग बुझदा उनले वीरगन्जबाट हुँने इन्धनको ढुवानी अवरुद्ध भएको आपूर्ती मन्त्रालय र गृहमन्त्रालयलाई जानकारी गराई उत्पन्न समस्या समाधान गर्न स्थानियत प्रहरी प्रशासन तथा ट्यांकर चालक बीच छलफल गराउने प्रयासमा लागेको बताए । उनले सोमवार दिन भरीमा ढुवानी सुचारु नभए अवाई इन्धनको समस्या काठमाणैमा देखा पर्ने भएकाले दुवै पक्षलाई राखी छलफलबाट सहमति खोजने प्रयासमा लागेको जानकारी दिए ।

चालकहरुले गरेको आन्दोलनका कारण ३ सय भन्दा बढी ट्यांकर वीरगन्ज नाकामा थन्किएका छन् । नेपालका लागि आवस्यक कुल इन्धनको ७० प्रतिशत आपूर्ती वीरगन्ज नाकाबाट हुँने गरेको छ । वीरगन्ज नाकाबाट हुने  इन्धन आयातबाट दैनिक ८ देखी ९ करोड रुपैया राजश्व संकलन हुने गरेको वीरगन्ज भन्सार कार्यालयका प्रमुख सेवन्तक पोखरेलले जानकारी दिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ