arrow

सरकारले बढायो पेट्रोलियम पदार्थको भाउ

logo
प्रकाशित २०७५ वैशाख ४ मंगलबार
Nepal-Oil-Corporation-tanker.jpeg

काठमाडौँ । नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । 

निगमले स्वतःसञ्चालित मूल्य संरचनाबमोजिम पेट्रोलमा प्रतिलिटर रु एक तथा डिजेल र मट्टितेलमा प्रतिलिटर रु दुई–दुई मूल्य वृद्धि गरेको जनाएको छ । 

समायोजित नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर रु १०६ र डिजेल तथा मट्टितेल प्रतिलिटर रु ८७ कायम भएको छ । 

स्वतः सञ्चालित मूल्य संरचनाअनुसार बिक्री मूल्य समायोजन गर्दा निगमको अर्ध मासिक नाफा करीव रु २१ करोड हुने देखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ