arrow

दिल्ली हार्दा सन्दीप लामिछाने मैदानमा उत्रने सम्भावना झन् झन् घट्दै 

logo
प्रकाशित २०७५ वैशाख ४ मंगलबार
delhi.JPG

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पीन बलर सन्दीप लामिछानेको खेल्न पाउने सम्भावना पनि कम कम हुँदै गएको छ । 

दिल्लीको खराव लय जारी रहँदा सिनियर खेलाडी नै नजमेको अवस्थामा दिल्लीले न्यूकमर लाई मैदानमा उतार्ने सोच्न सक्ने विषय नै रहेन । 

चार खेलमा तेस्रो हार बहोर्ने क्रममा सोमबार राति दिल्लीलाई कोलकाता नाईट राईडर्सले ७१ रनले हरायो ।

कोलकाताको इडन गार्डेनमा भएको खेलमा पहिले ब्याटिङ गरेको घरेलु टोलीले ९ विकेटको नोक्सानीमा २०० रन बनायो ।

नितिश रानाले ३५ बलमा ५९ रन तथा आन्द्रे रसेलले १२ बलमा ४१ रन जोडे ।

जवाफमा दिल्लीले जारी लिगकै खराव खेल्दै १४.२ ओभरमा अलआउट हुँदै १२९ रन बनायो । 

फराकिलो रनको हारको सामना गरेको दिल्लीका लागि ग्लेन म्याक्सवेलले ४७ रन तथा रिसभ पन्तले ४३ रन जोडे । त्यसबाहेक अरु कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकको स्कोर समेत पनि बनाउन सकेनन् । 

दिल्लीलाई लज्जास्पद हार चखाउने क्रममा सुनिल नाराइन र कुलदिप यादवले ३–३ विकेट लिए । 

यसरी लगातार हारको सामना गरिरहँदा पहिलो पटक आइपिएलमा सहभागी सन्दीपले खेल्ने सम्भावना टर्दै गएको छ । दिल्लीमा खेलाडीहरु राम्रा भए पनि त्यो उपयोगी हुन सकिरहेको छैन । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ