arrow

अन्तर्राष्ट्रिय क्रिकेट मैदान काठमाडौंमै बन्ने पक्का 

logo
प्रकाशित २०७५ वैशाख ४ मंगलबार
cricket-ballhitting-wickets.jpg.jpeg

काठमाडौं । धुर्मुस सुन्तली फाउन्डेशनले निर्माण गर्ने भनिएको अन्तर्राष्ट्रिय क्रिकेट मैदान काठमाडौंमै बन्ने पक्का भएको छ । उपत्यकाका बाहिर पनि जग्गा हेर्ने काम भए पनि अन्ततः काठमाडौंमै बन्ने पक्का भएको हो । 

यसबारेमा धुर्मुस सुन्तली फाउन्डेशनका सीताराम कट्टेल धुर्मुसले पनि सकारे । हाम्राकुरालाई उनले भने, ‘हामीले उपत्यका बाहिर पनि जग्गा हेरिएको तर सुविधा सम्पन्न स्थान काठमाडौं उपत्यका नै भएकाले यहीं नै बनाउने स्थिति बनेको छ ।’

काठमाडौं उपत्यका भनिए पनि कुन ठाउँ भनेर अहिलेसम्म खुलाइएको छैन । भक्तपुर, गोदावरी, जोरपाटी र चपलीमा जग्गा हेरिएको र त्यसमध्ये एक ठाउँमा यसै साताभित्र सहमति बन्ने बताइएको छ । 

चितवनमा पनि जग्गा दिने पुष्पकमल दाहाल प्रचण्डले बताएका थिए । तर अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमै भएकाले यहीं बनाउने खाका तयार भएको छ । 

क्रिकेट मैदान बनाउन झण्डै तीन अर्व रुपैयाँ लाग्ने अनुमान गरिएको छ । 

नेपालले एक दिवसीय मान्यता पाएपछि धुर्मुसले क्रिकेट मैदान बनाउने निर्णय गरेका थिए । 

यसअघि उनी आवास गृह बनाउन सफल भइसकेका छन् । धुर्मुसलाई सरकारले सघाउँदैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ