arrow

अछाम जिल्लामा अहिले सम्मकै ठुलो धनराशिको क्रिकेट प्रतियोगिता हुने

logo
नमराज भण्डारी,
प्रकाशित २०७५ वैशाख ४ मंगलबार
achham_new.png

अछाम। अछाम जिल्लामा अहिले सम्मकै ठुलो धनराशिको क्रिकेट प्रतियोगिता हुने भएको छ । अछामको बान्निगढि जयगढ़ गाउपालिका वडा नम्बर ५ को थालाकोट् खेल मैदानमा जिल्लामै ठुलो धनराशिको क्रिकेट प्रतियोगिता हुन लागेको हो ।

 बान्निगढि जयगढ़ गाउपालिकाको आयोजनामा १ लाख २१ हजार राशिको बान्नीगढि क्रिकेट लिंग प्रतियोगिता हुने भएको छ । यहि बैशाख ५ गतेबाट सुरु हुने प्रतियोगितामा उपविजेता हुने टिमले ४१ हजार पुरुस्कार राशि पाउने छ भने प्रतियोगितामा उत्कृष्ट टिम, उत्कृष्ट खेलाडी सहीतका पुरुस्कार दिईने आयोजकले जनाएको छ ।

 जिल्लाका खेलाडिको प्रतिभा पहिचान सहित क्रिकेटको बिकासका लागिे प्रतियोगिता हुने भइकाले जिल्ला बाहिरका टिमले खेल्न नपाउने आयोजकले जनाएको छ । तर अछामकै टिममध्ये क्षेत्रीय स्तरका ३ जना खेलाडि एक टिमले अनुबन्ध गर्न पाउने निर्णय भएको खेलकूद प्रतियोगिता संयोजक रेबन्तजग रावलले बताए । सहभागि हुने टिमलाई आधिकारिक क्लबको लेटर प्याड, १६ जना खेलाडीको नामावलि सहीत नेपाली नागरिकताको प्रमाणपत्र अथवा परिचय खुल्ने अन्य कागजात अनिवार्य बनाईएको रावलले बताए ।

थालाकोट मैदानमा ४ बर्ष देखि ठुलो प्रतियोगिता हुन सकेको थिएन भने यसै बर्षबाट सुचारु हुन लागेको हो । प्रतियोगितामा लिग चरणका १२ ओभर, क्वाट्रफाईन, सेमिफाईनल १५ र फाईनल २० ओभरको खेलाईने छ । प्रतियोगितामा सफल पार्न आवश्यक तयार अघि बढिरहेको आयोजकले जनाएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ