arrow

विद्यार्थी भर्ना अभियान : दुई बालिकाको अभिभावक बने वडाध्यक्ष

logo
कौरव खत्री,
प्रकाशित २०७५ वैशाख ४ मंगलबार
Prakash.jpg

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा विद्यार्थी भर्ना अभियान तिव्रताका साथ अगाडी बढेको छ ।

अभिभावकत्व नभएका बालबालिकाहरुलाई भर्ना सोमवार  नगरपालिका वडा नं.  ७ का वडाध्यक्ष प्रकाश काफ्लेले सोही वडामा रहेको महेन्द्र आदर्श माध्यमिक विद्यालयमा जेहेन्दार तथा विपन्न परिवारकी कक्षा १० की पार्वती सापकोटालाई भर्ना गरी अभिभावकत्व ग्रहण गरेका छन्  ।

त्यसैगरी उनले कक्षा ९ मा अंग्रेजी माध्यममा सविता रानालाई भर्ना गरे। साथै वडाअध्यक्ष काफ्लेले दुवै विद्यार्थीहरुको बर्षभरिको शैक्षिक क्षेत्रमा खर्च आफूले व्यक्तिगत रुपमा सहयोग गर्ने प्रतिबद्धता जायर गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ