arrow

नाडाका नव निर्वाचित पदाधिकारी र सदस्यले लिए सपथ

logo
प्रकाशित २०७५ वैशाख ४ मंगलबार
nada.JPG

काठमाडौं ।  नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका निर्वाचित पदाधिकारी तथा सदस्यहरु सपथ लिएका छन् ।  सोमवार नाडाका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुले सपथ लिएका हुन् ।

नाडाको  संशोधित विधान २०७१ को दफा २०.७ बमोजिम पदाधिकारीहरुको निर्वाचन कार्य सम्पन्न भएको थियो । सो अवसरमा अध्यक्ष शम्भुप्रसाद दाहाल, निबर्तमान अध्यक्ष अन्जन श्रेष्ठ, संस्थागत उपाध्यक्ष धु्रवबहादुर थापा, नारायणप्रसाद कंडेल, साधारण उपाध्यक्ष कृष्णप्रसाद दुलाल, प्रकाश कपुरी, महासचिव सुनिल रिजाल, सचिव अनुप बराल,  कोषाध्यक्ष  सुरेन्द्रकुमार उप्रेति, सहकोषाध्यक्ष विक्रम सिंहानियाले सपथ लिए ।

साथै सपथ लिनेमा संस्थागत सदस्य नवराज डल्लाकोटी,माधवप्रसाद पौडेल,
साधारण सदस्य करणकुमार चौधरी, अभिक ज्योति, सुरज भट्टराई, दिपक अग्रवाल, मिलनबाबु मल्ल, पंकज अग्रवाल, नन्दकिशोर साही,निलमणी पाठक, अध्यक्षबाट मनोनित सदस्य निराकार श्रेष्ठ, आकाश गोल्छा, राजनबाबु श्रेष्ठ लगायत पदाधिकारी तथा सदस्यज्यूहरुले सपथग्रहण तथा पदस्थापन गरेका छन्



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ