arrow

उवासंघ रोल्पाको अध्यक्षमा चन्द निर्विरोध निर्वाचित

logo
कविता उपाध्याय,
प्रकाशित २०७५ वैशाख ४ मंगलबार
chand.JPG

लिबाङ (रोल्पा । रोल्पा उद्योग वाणिज्य संघको अध्यक्षमा विश्वकुमार चन्द निर्विरोध निर्वाचित भएका छन् ।  संघको भर्खरै सम्पन्न १४ औं साधारण सभा तथा सातौं अधिवेशनबाट चन्द अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।  यसैगरी उपाध्यक्ष पदका लागि वाणिज्य  उपाध्यक्षमा रामचन्द्र थापा र उद्योग उपाध्यक्षमा केशव कुमार आचार्य निर्वाचित भएका छन् ।  

यस्तै  महासचिवमा मिलन रोका, कोषाध्यक्ष निमबहादुर थापा, सचिव गणेश घिमिरे, तथा सदस्यहरुमा हलिममिया, रोमहर्ष आचार्य, केशव थापा, मनबहादुर गिरी, राजन श्रेष्ठ, दिपतकुमार श्रेष्ठ, साजनकुमार थापा, बसन्ता आचार्य लक्ष्मी डाँगी निर्विरोध निर्वा्चित भए ।  

नव निर्वाचति पदाधिकारीहरुले सोमवार एक समारोहका वीच पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । निवर्तमान अध्यक्ष बालकृष्ण सुवेदीले अध्यक्ष तथा नव निर्वाचित पदाधिकारीहरुलाई उद्योग बाणिज्य संघको लोगो हस्तान्तरण गरेका थिए ।
 
सपथ ग्रहणपछि भर्खरै निर्वाचित अध्यक्ष चन्दले जिल्लामा डोके, पोके र कुम्ले ब्यवसायीलाई इजाजत लिएरमात्र ब्यवसाय संचालन गर्न सुझाव दिएका छन् ।  “हामीले यस किसिमका डोके, पोके र कुम्ले ब्यवसायीलाई ब्यवसाय दर्ताका लागि अनुरोध गर्दै आएका छौं । अझैपनि अटेरी गरे कानूनी कारबाहीका लागि स्थानीय सरकार तथा जिल्ला प्रशासन कार्यालयमा सिफारिस गर्न बाध्य हुनेछौं ।” उनले भने।
 
उद्योगी तथा ब्यापार ब्यवसायी सम्पन्न भएमात्र जिल्ला सम्पन्न हुने भएको हुँदा जिल्लामा हामी आँफैले उत्पादन गरेका सामाग्रीरुह निर्यातमा विशेष जोड दिुनपर्ने उनले बताए  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ