arrow

नोवेल अस्पतालले वचायो वालकको ज्यान

logo
कुमोद अधिकारी,
प्रकाशित २०७५ वैशाख ४ मंगलबार
Balak-Photo-1.jpg

विराटनगर।  छोराको उपचार गर्ने पैसा नहुँदा पीडा झेल्दै आएकी मोरङको पथरीशनिश्चरे–१० की भीमा लिम्बुको मुहारमा अहिले खुशी देखिन थालेकी छिन । दयनिय आर्थिक अवस्थाको लिम्बु परिवारले उपचारका लागि पैसाको जोहो गर्न नसक्दा ५ बर्षीय छोरा सौजनलाई गुमाउनुपर्ने अवस्था थियो । तर, विराटनगर स्थित नोबेल शिक्षण अस्पतालले उपचारमा साथ दिएपछि लिम्बु परिवारको यो पीडा खुःशीमा बदलिएको हो ।  
 
घर बनाउँने काममा ज्याला मजदुरी गरेर दुई छाकको जोहो गर्दै आएको लिम्बु परिवारको आर्थिक अवस्था अत्यन्तै दयनीय छ । आफ्नो घर नहुँदा खोला किनारमा रहेको अर्कैको बाँसको टहरोमा मासिक ५ सय भाडा तिरेर जिबिका गर्दै आएका छन् । दुई छाक टार्नसमेत गाह्रो भईरहेको अवस्थामा कान्छो छोरा सौजनको क्षयरोगका कारण फोक्सो कुहिएपछि फोक्सोको आधा भागनै काट्नुपर्ने अवस्था आयो । दयनीय आर्थिक अवस्थाको लिम्बु परिवारले छोराको उपचार गर्न सक्ने अवस्था थिएन । तर, नोबेल अस्पताल सञ्चालक डा.शर्माले उपचारका क्रममा आवश्यक सवै सहयोग गरेर बालकलाई बचाएका हुन् । अस्पतालको साथ नपाएको भए अहिले छोरा जिउँदो देख्न पाउँने थिईन भन्दै बालककी आमा यसरी भक्कानिईन् ।

फोक्सो कुहिएर श्वासप्रश्वास असहज भएपछि सौजनलाई नोबेल अस्पताल ल्याईएको थियो । नोबेलमा १५ दिनको उपचारबाट पनि ठिक नभएपछि सौजनको फोक्सोको आधा भाग नै काट्नुपर्ने भयो । नोबेलमा फोक्सो काट्ने उपकरण नभएपछि उनलाई धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगेर फोक्सोको आधा भाग नै काटेर फालिएको छ ।

 सौजनको उपचारका क्रममा अस्पताल संचालक डा.शर्माले सम्पूर्ण उपचार खर्च बेहोर्नुका साथै औषधिसमेत निःशुल्क उपलब्ध गराएका छन् । बच्चाको उपचारका क्रममा परिवारलाई खानाको ब्यवस्थासमेत शर्माले नै मिलाईदिएका थिए । नोवेल अस्पतालले  एम्वुलेन्स ब्यवस्था गरी घोपा पठाएर त्यहा  लागेको सम्पूर्ण खर्च पनि आफैले बेहोरेका हुन् । उपचारपछि अहिले सौजनको अवस्था सामान्य छ ।

डा.शर्माले बच्चालाई नयाँ जिवन दिएको भन्दै स्थानीयले पनि खुशी ब्यक्त गरेका छन् । शर्माले धेरै विपन्न विरामीलाई नयाँ जिवन दिएको भन्दै जिरिखिम्तीका स्थानीय अर्जुनप्रसाद पोख्रेलले पनि  सेवाभावको प्रसंसा गरेका छन् ।

अस्पताल सञ्चालक डा.शर्माले उपचार गर्न नसक्दा बच्चा गुमाउँनुपर्ने अवस्था आएको थाहा पाएर सहयोग गरेको वताए  । ‘बिपन्न विरामीलाई सहयोग गर्न पाउँदा मलाई गर्ब लाग्छ ।’ डा. शर्माले भने ‘मैले सकेसम्म सदैब बिपन्न विरामीलाई सहयोग गर्नेछु ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ