arrow

रामेछापमा युवा काँग्रेसको नयाँ प्यानल

भिडन्त त्रिपक्षीय

logo
वद्री नयाँघरे।
प्रकाशित २०७२ माघ २१ बिहिबार
13th-congress.png.png.png.png
रामेछाप। सोमवार हुन गइरहेको नेपाली काँग्रेसको क्षेत्रिय अधिवेशन र माघ २५ गते हुन गइरहेको जिल्ला अधिवेशनको लागि रामेछापको दुवै क्षेत्रमा त्रिपक्षीय भिडन्त हुने भएको छ। विहिवार दुई वटा निर्वाचन क्षेत्रका शिर्ष नेताहरुले आ आफनै प्यानल वनाएर निर्वाचनमा जाने तयारी गरेपछि दुवै प्यानलवाट असन्तुष्ट वनेका युवाहरुले दुवै क्षेत्रमा छुट्टाछुट्टै टिम निर्माणको कसरतमा जुटेका हुन्।  
 
महाधिवेसन प्रतिनिधि र क्षेत्रिय समितिको सभापतिलाई ध्यानमा राखि  क्षेत्र नं १मा पूर्व मन्त्री लक्ष्मणप्रसाद घिमिरेको नेतृत्वमा एउटा प्यानल र गत संविधान सभाको निर्वाचनमा समानुपातीक उम्मेदवारमा परेका कान्छाराम तामाङ्गको नेतृत्वमा अर्को प्यानल निमार्ण भएको थियो। त्यसवाट असन्तुष्ट वनेका युवा नेताहरुले शुक्रवार रातीसम्म अर्को टीम तयारी गर्ने तयारी अन्तिम चरणमा पुगेको एक कार्यकर्ताले वताए। 
 
दुवै क्षेत्रमा टीमगत रुपमा उम्मेदवारी दिने तयारी शिर्ष नेताहरुले गरेपछि पार्टी र भातृ संगठनको केन्द्रदेखि जिल्ला तहसम्म लामो समय काम गरेका पुराना र युवा नेताहरु भने रुष्ट वनेका हुन्। टीमगत रुपमा कतै पनि नाम समावेस हुन नसकेका मध्य नेविसंघका पुर्व केन्द्रिय उपाध्यक्ष रत्न कार्कि पुर्व केन्द्रिय महामन्त्री गजेन्द्र कार्की, महाधिवेसन प्रतिनिधी डा सुमन कर्माचार्य, जमुना कार्की, नारायण खड्का, टंक खड्का लगाएतका प्रभावसाली युवाहरुले पनि आफनो छुट्टै टीम खडा गर्न लागेको कारण रामेछापको दुवै क्षेत्रमा नेतृत्वका लागि त्रिपक्षीय भिडन्त हुने उनिहरुको भनाई छ।  
 
तामाकोशी जनजागृति उमावि खिम्तीको प्राडणमा हुन लागेको क्षेत्रीय अधिवेसनका लागि लक्ष्मण घिमिरेको टिममा सांसद आङ्गटावा शेर्पा, काँग्रेसका पुराना नेता लवश्री न्यौपाने, कृष्णवहादुर महत, पार्टीका जिल्ला उपसभापति झपडराज भण्डारी, नेविसंघका पूर्व अध्यक्ष केदारविक्रम खड्का परेका छन्। त्यसैगरी उक्त टिमको महाधिवेशन प्रतिनिधिमा महिलातर्फ नेपाल महिला संघका जिल्ला अध्यक्ष गंगा अधिकारी र उषा कार्कीको नाम दर्ज भएको छ। त्यस्तै जनजाती र अल्पसंख्यक कोटामा क्रमशः गेल्जे शेर्पा वाम्ती र चन्द्र सुनुवार भुजीलाई लडाउने तयारी उनीहरुले गरेका छन्। उक्त टीमले क्षेत्रीय अध्यक्षको पदमा लीला सुनुवारलाई उठाउने निश्चित जस्तै भएको छ।
 
सो क्षेत्रमा कान्छाराम तामाङ्गको नेतृत्वमा अर्को प्यानल निर्माण भएको छ। जसमा युवराज भट्टराई, विमल वाग्ले, महेश कार्की, कल्याण वस्नेत र महिलातर्फ गंगा अधिकारी, उषा कार्की, रमा दाहाल र जनजातिमा शिव श्रेष्ठ र दलिततर्फ सीता विक रहेका छन् भने वर्तमान क्षेत्रीय सभापति लेख वहादुर कार्कीनै लड्ने भएका छन्। 
 
यता क्षेत्र नं २ मा पनि वर्तमान पार्टी सभापति रामचन्द्र खडका र पूर्व सहायक मन्त्री रामहरी ढुंगेलबीच छुट्टाछुट्टै टिम निमार्णको कसरत भइरहेको छ। आगामी नेतृत्वको लागि सभापति खडकाको टिममा सासंद शिववहादुर खडका, केशव चालीसे, ध्रुव सुवेदी, ध्रुवराज लामा, शरद लामा, शंकर योन्जन, गौतम कुमार लामा र महिलातर्फ मिना कार्की र निर्मला घिमिरे र दलिततर्फ खड्काले मुक्त वहादुर महतेलाई र ढुंगेलले वल वहादुर दमाईलाइ उठाउने तयारी लगभग पक्का पक्कि जस्तै भएको छ। उक्त टीममा वर्तमान क्षेत्रीय सभापति विनोद काफ्ले उमेद्वारी दिने भएका छन्। 
 
आन्तरिक रुपमा दुवै टीमले आफना कार्यकर्ताहरुलाई सोहि अनुसारको सर्कुलर जारी गरे पछि असन्तुष्ट वनेका कार्यकर्ताहरुले वीर वहादुर लामाको नेतृत्वमा अर्को टीम खडा गरेका छ। त्यस क्षेत्रमा तामाङ्ग जातीको वाहुल्यता भएको र आफु निकट कार्यकर्ता पदका आकांक्षी वढी भएकाले यी दुवै पक्षलाई शुक्रवार साँझसम्म आफ्नो टीम घोषणा गर्न कठिनाई भइरहेको वुझिएको छ। 
 
आगामी नेतृत्वको लागि सभापति खडकाको टिममा सासंद शिववहादुर खडका, केशव चालीसे,धूर्वहरी ढुंगेल, ध्रुव सुवेदी, ध्रुवराज लामा, शरद लामा, शंकर योन्जन, गौतम कुमार लामा मध्यवाट र महिलातर्फ दुर्गा खड्का मिना कार्की र निर्मला घिमिरे र दलिततर्फ मुक्त वहादुर महतेलाई उठाउने तयारी गरेका छन्। उक्त टीममा वर्तमान क्षेत्रीय सभापति विनोद कार्की लड्ने पक्का पक्कि जस्तै भएको छ भने अर्को टीमवाट नवराज थोकरले अध्यक्ष पदमा उमेद्धवारी दिने भएका छन्। 
 
त्यस्तै ढुंगेलको टिमवाट झनक श्रेष्ठ, अर्जुन केसी, भरत चौलागाई र तामाङ्ग समुदायवाट खडकाको टिमवाट असन्तुष्ट वनेका तामाङ्ग मध्येवाट दुई जनाको छनौट गरी आफ्नो टिममा समावेश गरेर तामाङ्ग समुदायको आफ्नो पक्षमा पार्ने रणनिती अवलम्वन गरेका छन्। शुक्रवार रातीसम्म उनीहरुको आधिकारीक टीम घोषणा हुने र उक्त टीमवाट विनिता खड्का, सुमित्रा मोक्तान र ईन्द्रावति मोक्तान मध्य २ जनालाई समावेस गराउने सम्भावना वढेर गएको छ। उक्त टिमवाट क्षेत्रिय सभापतिको लागि भने नेपाल तरुण दलका जिल्ला अध्यक्ष नवराज थोकरको नाम अगाडी सारिएको छ। 
 
खड्का र ढुगेलले आन्तरीक रुपमा टिमवर्कका लागि गृह कार्य गरिरहेको बेला तामाङ्गकै कारण खड्का र ढुगेललाई आआफ्नो टिम सार्वजनिक गर्न कठिनाई भईरहेको  एक नेताले वताए। वीर वहादुरको टीममा डिकवहादुर तामाङ्ग, जीतवहादुर थापामगर, वेनीवहादुर थापामगर, ज्ञानेन्द्र आरन, सुरेन्द्र घिसिङ्ग र तेजवहादुर अधिकारी लगाएतका नेता तथा कार्यकर्ताहरु सम्मिलीत छुट्टै टिम घोषणा गर्ने र आफ्नो टिमलाई प्रभावकारी टिमको रुपमा अगाडी वढाउने रणनिती तय गरेको छ। उक्त टिमले ज्ञानेन्द्रराज आरनलाई क्षेत्रिय सभापति पदका प्रत्यासि वनाउने भएको छ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ