arrow

माइभ्याली गोल्डकप फुटबल बिहिबारदेखि, तयारी अन्तिम चरणमा

logo
प्रकाशित २०७५ वैशाख ५ बुधबार
football-new.jpg

इलाम । इलामको ठूलो टुँडिखेलमा वैशाख ६ गतेदेखि सञ्चालन हुन लागेको चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको छ । 

वैशाख ६ देखि १७ वैशाखसम्म सञ्चालन हुने गोल्डकपमा दर्शकका लागि बाँसको प्यारापिट निर्माण गरिएको छ । करीब १० हजार दर्शक अटाउन सक्ने क्षमताको प्यारापिट निर्माण गरिएको आयोजक माईभ्याली फुटबल क्लबका अध्यक्ष धीरेन चेम्जोङले जानकारी दिए । यसवर्ष रु आठ लाख खर्चेर प्यारापिट निर्माण गरिएको हो । 

यसपालि नेपाल, भारत र बंगलादेशका १२ टिमको सहभागिता रहनेछ । भारतको दुर्गापुर स्टिल क्लब, सिक्किम युनाइटेड, बंगलादेशको एएचएम कामारुजमान, त्रिभुवन आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरीको (एपीएफ) क्लब, संकटा, थ्रीस्टार, मनाङ–मस्र्याङ्दी, झापा–११, कास्की–११ र आयोजक माइभ्याली फूटबल क्लबले प्रतिस्पर्धा गर्नेछन् । 

विजेताले नगद रु छ लाख ६६ हजार ६६७ र उपविजेताले रु चार लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । सर्वोत्कृष्ट खेलाडीले यमाहाको १५० सिसीको मोटरसाइकल प्राप्त गर्नेछन् । त्यसैगरी, सर्वाधिक गोलकर्ताले नगद रु २५ हजार र म्यान अफ दि म्याचले जनही रु १० हजार प्राप्त गर्नेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ