arrow

साफ च्याम्पियनसिप फुटबल : नेपाल समूह ‘ए’ मा

logo
प्रकाशित २०७५ वैशाख ५ बुधबार
Nepal-football-team.jpg.jpeg

काठमाडौँ ।  बंगलादेशमा आयोजना हुने साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । बंगलादेशको ढाकामा बुधवार सार्वजनिक गरेको ‘ड्र’ मा नेपाल समूह ए मा परेको हो । नेपालको समूहमा आयोजक बंगलादेशसहित, पाकिस्तान र भुटान रहेका छन् ।

आगामी सेप्टेम्बर ४ देखि १५ तारिखसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको समूह ‘बी’ मा भारत, माल्दिभ्स र श्रीलंका रहेका छन् ।

साफ च्याम्पियनसिपमा नेपाल अहिलेसम्म फाइनल चरणमा पुग्न सकेको छैन । पछिल्लो संस्करणमा नेपाल समूह चरणबाटै बाहिरिएको थियो । सन् २०१३ मा भारतमा भएको साफ च्याम्पियनसिपमा नेपाल सेमिफाइनलसम्म पुगेको थियो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ