arrow

काठमाडौं ४मा शेर बहादुर, प्रकाशमान र गगन थापा सबैका उमेद्वार श्रेष्ठ

रोमाञ्चक भिडन्त

logo
प्रकाशित २०७२ माघ २१ बिहिबार
sher-gagan-prakash.jpg.jpeg
काठमाडौं। नेपाली काँग्रेसका बरिष्ठ नेता तथा सभापति पदका दावेदार शेर बहादुर देउवा संयोगले काठमाडौं ४का बासिन्दा हुन्। निर्वाचन सुदुरपश्चिमाञ्चलबाट उठ्दै आएपनि राष्ट्रिय राजनीतिमा देउवालाई सुदुरपश्चिमबाट प्रतिनिधित्व गर्ने बुढानिलकण्ठका बासिन्दा भनेर चिन्ने गर्छन। नेपाली काँग्रेसभित्र एउटा स्थायि शक्ती केन्द्रको रुपमा चिनिएका देउवाको घर भएको बुढानिलकण्ठ कोइराला परिवारको निवास भएका कारण महाराजगञ्ज जस्तै नयाँ शक्ति केन्द्रको रुपमा रहेको छ। देउवाको निवास रहेको बुढानिलकण्ठ शक्ति केन्द्र पनि काठमाडौं ४ मा नै पर्छ। यहि क्षेत्रका सांसद हुन काँग्रेस नेता गगन थापा। 
 
माघ २२ गते नेपाली काँग्रेसको क्षेत्रीय अधिवेशन हुँदैछ। देशभरको अधिवेशन जस्तै काठमाडौं ४को अधिवेशन पनि सामान्य रुपले हुँदैछ। तर यहाँ गगन थापा भएकै कारण नेपाली सञ्चारमाध्यमले यसलाई रुचीका साथ हेर्ने गर्छन। त्यसमाथि आफ्नै घर भएका ठाउँमा देउवाले पनि केहि चासो राखेर उनले यसअघीका उमेद्वार भएका राजु श्रेष्ठलाई नै फेरि उमेद्वार बनाएपछि चासो ह्वात्तै बढ्नु स्वभाविक नै हो। थापाले भने यसअघी निर्वाचित भएका न्हुच्छेनारायण श्रेष्ठलाई नै सभापतिको उमेद्वारीमा समर्थन जनाएका छन्। राजु श्रेष्ठलाई यसअघी काँग्रेसका महामन्त्री प्रकाशमान सिंहको पनि साथ थियो। यसपटक पनि पुरानो समिकरण दोहोरिने देखिएको छ। 
 
हालको बुढानिलकण्ठ नगरपालिका तथा साविकको चुनिखेलका न्हुच्छेनारायण श्रेष्ठ र साविकको महाँकाल गाविसका राजु श्रेष्ठको जनाधार एउटै क्षेत्र हो। तर पार्टी भित्रको समिकरणमा देउवा निकटहरुको समर्थन राजुलाई र गगन थापा एवं उनी निकटहरुको समर्थन न्हुच्छेनारायण श्रेष्ठलाई रहने छ। दुई श्रेष्ठहरुको भिडन्तमा अर्का आकाँक्षी श्याम संगतले पनि उमेद्वारी कायम राख्ने बताएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ