arrow

आर्थिक पत्रकारिता सम्बन्धी तालिम शुरु

logo
प्रकाशित २०७५ वैशाख ६ बिहिबार
arthik.jpg

काठमाडौं । आर्थिक पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तीन दिने आर्थिक पत्रकारिता तालिम शुरु भएको छ । नेपाल आर्थिक पत्रकार संघ(नाफिज) र मिडिया इन्टरनेसनलको संयुक्त रुपमा आयोजना गरिएको हो ।

उक्त तालिममा पहिलो दिन नेपाल राष्ट्र बैंकले तयार पार्ने मुल्य वृद्धिसँग सम्बन्धी तथ्यांकका विश्लेषण र मुल्य वृद्धिका तथ्यांक संकलनका विधिका बारेमा दिवस न्यौपानेले तालिम दिएका थिए ।

पहिलो दिनको तालिममा विभिन्न सञ्चारमाध्यमा कार्यरत ५० जना पत्रकारले तालिममा भाग लिएका थिए । त्यस्तै शुक्रबार नेपालको आर्थिक पत्रकारितका समस्या र चुनौतिका विषयमा तालिम हुने छ भने शनिबार धितोपत्र बजार र कमोडिटी सम्बन्धीसँग सम्बन्धीत विषयमा तालिम हुने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ