arrow

त्रिभुवन विमानस्थलमा मालिन्दोको विमान धावनमार्गमै चिप्लियो 

logo
प्रकाशित २०७५ वैशाख ७ शुक्रबार
malindo-air.jpg

काठमाडौं । काठमाडौंबाट मलेसियाका लागि उड्न लागेको मालिन्दो एयरलाइन्सको विमान बिहिबार राति विमानस्थलमा चिप्लिएर धावनमार्ग छाडेको छ । 

राति पौने १० बजे मलेसियाको क्वालालम्पुरका लागि उड्न लागेको विमान धावनमार्ग छाडेर करिब १५० फिट चौरतर्फ जोतिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए । 

उनका अनुसार उक्त जहाज त्यहाँबाट नहटाएसम्म अन्तर्राष्ट्रिय उडान कुनै पनि हुन सक्ने अवस्था छैन । राति पौने १० बजेदेखि नै अन्तर्राष्ट्रिय उडान ठप्प भएको छ । 

चालक दलका सदस्यसहित १३९ जना यात्रु रहेको जानकारी दिँदै उनले सबै यात्रु सकुशल रहेको जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ