arrow

आइपीएल–११ मा गेलको नाममा पहिलो शतक, हैदराबादको लगातार जितको यात्रा टुंगियो

logo
प्रकाशित २०७५ वैशाख ७ शुक्रबार
gale-preeti.jpg

काठमाडौं । इन्डियन प्रिमियर लिग क्रिकेट आइपीएलको ११ औं सिजनमा वेष्ट इन्डिजका खेलाडी क्रिस गेलले पहिलो शतक बनाएका छन् । 

गेलको शतकको मद्धतले किंगस इलाभेन पंजाब विजयी भएको छ । पंजाबले सनराइजर्स हैदराबादको लगातार तीन जितको यात्रालाई पुर्णविराम लगाउने क्रममा १५ रनको जित दर्ता गरेको हो । 

चन्डिगढमा विहिबार राति भएको खेलमा पहिले ब्याटिङ गरेको पंजाबले ३ विकेटको नोक्सानीमा १९३ रन बनायो । 

गेलले ६३ बलमा ११ छक्काको मद्धतमा नटआउट १०४ रन बनाए । 

जवाफमा हैदराबादले ४ विकेटको नोक्सानीमा १७८ रन बनाउन सक्यो । मनिस पान्डे र केन विलियमसनले अर्धसतक बनाए पनि टिमका लागि जित्ने आधार बन्न सकेन । 

म्यान अफ द म्याच गेलको यो टी–२० को २१ औं शतक हो । गोलले आइपीएलमा छैटौं शतक बनाएका छन् । 

उनले सन् २०१३ मा १७५ रन बनाएका थिए । 

आइपीएलमा कोलकाता ६ अंकबाट पहिलो, हैदराबाद ६ अंकबाटै दोस्रो, पंजाब ६ अंक बाटै तेस्रो स्थानमा छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ