arrow

जनप्रतिनिधिले चाहेपछि सम्भव भयो आगलागी पीडितको विवाह

logo
प्रकाशित २०७५ वैशाख ७ शुक्रबार
married.jpg

बरियारपुर । बाराको महागढीमाई नगरपालिका बरियारपुरका जनप्रतिनिधिहरुले आगलागी पिडितलाई आफ्नो व्यक्तिगत खर्चबाट विवाह गरेका छन् । 

महागढीमाई नगरपालिका ५ स्थित रहेको कवहीजब्दीमा बितेको १ गते भएको आगलागीमा विवाह तयारीको लागि लताकपडा, नगद, खाद्यान्न सामाग्रीहरु जलेर नष्ट भएपछि नगरपालिकाका जनप्रतिनिधिहरुले आफनो व्यक्तिगत खर्चबाट आगलागी पिडितको विवाह गरेका छन् । 

स्थानीय रामविश्वास रामको १९ वर्षिय छोरी रेखा कुमारी रामको विवाह तय भएका बेहुला कलैया उपमहानगरपालिका १६ का २१ वर्षिय शिवपुजन रामसंग धार्मिक परम्परा अनुसार जनप्रतिनिधिहरुले विवाह गराएका छन् । नयाँ वर्षको दिन अपरान्ह भएको आगलागीबाट स्थानीय २८ जनाको घरमा भएको अन्नपात, लताकपडा, नगद सहित जलेर नष्ट भएको थियो । 

स्थानीय रामविश्वास रामले आफनो १९ वर्षिय छोरी रेखा कुमारी रामको बैशाख ६ गते विवाहको लागि सम्पुर्ण सरसमानहरु तयारी गरी घरमा राखेको अवस्थामा आगलगी भएपछि उनी बिचल्ली भएका थिए । आफ्नो छोरीको विवाह कसरी गर्ने आफनो सरसामान सहित नगद समेत जलेर नष्ट भएपछि चिन्तित अवस्थामा देखिएका थिए । 

महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र प्रसाद यादवले कार्यपालिका सदस्यहरुको बैठक बोलाई विवाह गर्ने प्रतिबद्धता गरेपछि विवाहको लगन गांठो ठिक पारेका रामलाई राहत पाएको थियो । जनप्रतिनिधिहरुले गरेको प्रतिबद्धता अनुसार आफनो व्यक्तिगत खर्चबाट विवाहको लागि आवश्यक खाना, टेन्ट, लताकपडा, गरगहना, घडी, साईकल, बेड सेट समेत करिब चार–पांच लाखको लागतमा विहिबार धुमधामसंग विवाह गराएका छन् । 

जनप्रतिनिधिहरुले जयन्तीको समेत भब्य रुपमा स्वागत गरेका थिए । नगर प्रमुख यादव, उपप्रमुख तारादेवी कानु र ११ वटै वडाका अध्यक्षहरु, महागढीमाई नगरपालिकाका कर्मचारीहरुको सहयोगमा विवाह कार्य सम्पन्न भएको छ । 

आगलागीबाट विवाहको लगन गांठो ठिक पारेका रामको सम्पुर्ण लताकपडा जलेर नष्ट भएपछि आफुहरु आगलगीबाट पिडित बनेका रामको छोरीको जनप्रतिनिधिहरुको व्यक्तिगत खर्चबाट विवाह गराउन लागेको महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र प्रसाद यादवले बताउनुभयो । 

आगलागी पिडितको विवाह गर्न लगाउंदा आफनो छोरीको नै विवाह गर्न लागेको जस्तो महसुस भएको र यस कार्यबाट स्थानीय जनताबाट पाएको माया ममताले धेरै खुशी भएको बताए ।

आफनो सम्पुर्ण सरसामानहरु आगलगीबाट जलेर नष्ट भएपछि मेयर साहेब लगायत जनप्रतिनिधिहरुले गरेको सहयोग आफु कहिल्यै पनि नर्बिसिने बेहुलीका बुवा रामविश्वास रामले बताए ।

विवाहको लगन गांठो ठिक पारी तयारी गरेको अवस्थामा आगलगीबाट जलेर नष्ट भएपछि महागढीमाई नगरपालिकाका जनप्रतिनिधिहरुले आफनो व्यक्तिगत खर्चबाट गरेको विवाहले समाजलाई एक ढिक्कामा उभ्याएको बाराका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले बताए ।

वैवाहिक कार्यक्रममा नगर उपप्रमुख तारादेवी कानु, बाराका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धर, बाराका प्रहरी उपरिक्षक राजकुमार वैदवार, सशस्त्र प्रहरी उपरिक्षक बेनु प्रसाद पाठक, राष्ट्रिय अनुसन्धान बाराका प्रमुख उतम खनाल, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमिता बज्राचार्य, नगरपालिकाका वडाका वडा अध्यक्षहरु, समाजसेवी, स्थानीय बासिन्दाहको सहभागिता रहेको थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ