arrow

मालिन्डो एयर घटनाः अन्तर्राष्ट्रिय उडान १२ बजेसम्ममा सञ्चालनमा आउने, आन्तरिक चालु

logo
प्रकाशित २०७५ वैशाख ७ शुक्रबार
malindo-tia-accident.JPG

काठमाडौँ । मलेशियाका लागि उड्न लागेको मालिन्दो एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमै धसिएर बन्द भएको अन्तर्राष्ट्रिय उडान शुक्रबार मध्याह्न १२ बजेपछि खुल्ने भएको छ । 

अहिले उक्त विमानलाई नेपालमै उपलब्ध उपकरणबाट तानेर त्यहाँबाट अन्यत्र सार्ने काम भइरहेको र १२ बजेसम्म उक्त काम सकेर पुनः अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने तयारी भइरहेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठकुरले जानकारी दिए । 

मालिन्दो एयरको उक्त जहाज मलेशिया उडान भर्ने क्रममा बिहीबार १० बजेर ७ मिनेटमा रनवेबाट अनियन्त्रित भएर ४० मिटर कोटेश्वर खण्डको घाँसे मैदानमा पुगेको थियो । 

उक्त घटनापछि अन्तर्राष्ट्रिय उडान बन्द भए पनि आन्तरिकतर्फका उडान भने बिहानदेखि नियमित भइरहेको विमानस्थल कार्यालयले जनाएको छ । 

मलेशिया उड्न लागेको मालिन्दो एयरको उक्त जहाजमा १३९ यात्रु रहेको विमानस्थलले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ