arrow

सन्दीप लामिछानेले सोमबार खेल्ने, भरोसा दिलायो दिल्लीले

logo
प्रकाशित २०७५ वैशाख ७ शुक्रबार
sandeep-delhi.jpg

काठमाडौं ।  नेपाली राष्ट्रिय टिमका महत्वपूर्ण खेलाडी सन्दीप लामिछानेले आइपीएल क्रिकेटमा सोमबार खेल्ने सम्भावना बढेको छ । 

दिल्लीले सोमबार घरेलु फिरोज शाह कोटला मैदानमा किंगस इलाभेन पंजाबसंग खेल्दैछ । त्यसअघि शनिबार दिल्लीले रोयल च्यालेन्जर्स बैंगलोरसंग खेल्दैछ । 

दिल्लीले ट्वीटरमा भनेको छ, ‘फिरोज शाह कोटला मैदान सन्दीप लामिछानेका लागि बेहतरिन हुन सक्छ ।’

यसको मतलव सोमबार सन्दीपले डेब्यू गर्ने प्रवल सम्भावना छ । योसंगै नेपाली फ्यानहरु तरंगीत भएका छन् । सन्दीपलाई नखेलाएको भन्दै समर्थकहरुले दिल्लीको आलोचना गर्दै आएका छन् । 

सन्दीपले कोटला मैदानमा डेब्यू गर्न पाउनुको मतलब ? 
यसको खास मतलब छ । दिल्लीले भनेको छ कि यो मैदान स्पीन बलरका लागि उपयुक्त छ । यो त्यही मैदान हो जहाँ पूर्व भारतीय स्पीनर अनिल कुम्बलेले पाकिस्तान विरुद्धको टेष्ट क्रिकेटमा एक इनिङका सबै १० विकेट लिएका थिए । 

आयरल्याण्डविरुद्ध सन् २०१६ मा आयरल्याण्ड विरुद्ध ह्याट्रिक लिएका सन्दीपलाई खेलाउनका लागि यसरी नै दिल्ली आतुर देखिएको हो । 

यसपटकको आइपीएलमा एक टिमले तीन जना स्पीनर राख्ने र सफलता हासिल गर्ने प्रचलन गरेसंगै दिल्लीबाट सन्दीप तेस्रो स्पीनर बन्नेछन् । 

दिल्लीले एक भनाइलाई अगाडि सार्दै लेखेको छ ‘हिराको पहिचान जोहारीलेमात्र गर्न सक्छ’ अर्थात् हिरा चिन्ने काम हिराको काम गर्ने व्यक्तिले मात्र गर्न सक्छ । सन्दीपको क्षमताको पहिचान उनका आदर्श स्पिनर शेन वार्नका चेला माइकल क्लार्कले गर्न सकेको र अष्ट्रेलियामा प्रशिक्षणको व्यवस्था मिलाएका थिए । 

जेहोस् २० लाख भारुमा दिल्लीसंग अनुबन्ध सन्दीपले खेल्न पाए भने उनको बलिङ जादूको प्रशंसा हुने नै छ । सन्दीपलाई अगाडि बढ्नका लागि पनि यसपटक खेल्न पाउनु पर्नेछ र क्षमता प्रदर्शन गर्नुपर्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ