arrow

मृगौला पिडितलाई नेविसंघको सहयोग

logo
प्रकाशित २०७५ वैशाख ७ शुक्रबार
nebisang1.jpg

वालिङ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले ४९ औं स्थापना दिवस स्याङ्जामा विविध कार्यक्रम गरि मनाएको छ । संघको स्थापना दिवसको अवसरमा मृगौला पिडितलाई आर्थिक सहयोग समेत गरेको छ । नेपाल विद्यार्थी संघ स्याङ्जा साविक क्षेत्र नं.  २  क्षेत्रिय कार्यसमिति र नेविसंघ वालिङ् वहुमुखी क्याम्पस ईकाइ कार्य समितिको आयोजनामा स्थापना दिवसको अवसरमा शुभकामना आदन प्रदान एंव मिर्गौला पिडित नजिल रानाको उपचारको लागी आर्थिक सहयोग गरेको हो ।  

नेविसंघ वालिङ्ले क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु वाट संकलित रु १७ हजार २ सय ५५ रकम पिडितका वुवा दलेन्द्र रानालाई हस्तान्तरण गरेको छ । एक वृद्ध हजुरवुवा, वुवा, आमा र एक दिदी रहेको परिवारको कान्छो छोरा नजिल ४ वर्ष अगाडी देखी मिर्गौला पिडित छन् । अहिले नजिल १६ वर्षका भए । सामान्य परिवारमा हुर्केका नजिल अहिले काठमाण्डौ स्थित टिचिङ्ग हस्पीटलमा उपचारार्थ रहेको उनका बुवा दलेन्द्र रानाले बताए । आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या परेको भन्दै वुवा दलेन्द्र रानाले नजिल रानाको नाममा गरीमा विकास वैकमा रहेको ००१०१४००६९५०७५०००००१ नम्वरको खातामा  सहयोग गरिदिन समेत आग्रह गरेका छन् । पैसाको अभावले छोरालाई बचाउन निकै समस्या भएको दुखेसो पोख्दै रानाले विद्यार्थीहरु बाट भएको सहयोगले केही राहत मिलेको बताए ।

शुभकामना आदान प्रदान कार्यक्रममा वोल्दै नेपाल शिक्षक संघ क्षेत्रीय अध्यक्ष डण्डपानी पंगेनीले विभिन्न काल खण्डमा अहम भुमिका निर्वाह गर्दै आएको नेविसंघ विद्यार्थीको हकहितको मात्रै होईन देशको पहरेदार भएको वताए । नेविसंघ जिल्ला कोषाध्यक्ष धुव्र पंगेनी, जिल्ला सदस्यहरु कमल कुवँर, सन्दीप कडेल, विद्यार्थी नेत्री विदुषा वस्नेत लगाएतले विद्यार्थी हकहितका लागि सबै विद्यार्थी एक ठाँउमा रहनुपर्ने भनाई राख्दै शुभकामना व्यक्त्त गरेका थिए ।

 नेविसंघ वालिङ नगरका अध्यक्ष दिक्षान्त प्रताप खाँणको स्वागत सगै शुरु भएको कार्यक्रम  नेविसंघ क्षेत्रीय अध्यक्ष विश्वास लम्सालको सभापतित्वमा सम्पन्न शुभकामना आदान प्रदान  कार्यक्रमको संचालन क्षेत्रीय सचिव एशिव शरण महतले गरेका थिए भने धन्यवाद मन्तव्य नेविसंघ जिल्ला सदस्य खेम चापागाईले गरेका थिए । साथै नेविसंघको ४९ औँ स्थापना दिवमा वालिङ् वहुमुखी क्यापसका प्रध्यापकहरु र सम्पूर्ण विद्यार्थीहरुलाई अविर  लगाई  मिठाई वितरण समेत गरीएको थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ