arrow

अबदेखि वैदेशिक रोजगारीमा पठाउने काम बन्द गर्नुपर्छ : श्रमिक नेता

एकदुई महिनामै फ्रि भिषा फ्रि टिकटसम्बन्धी व्यवस्था लागू गरिन्छ : विभाग

logo
प्रकाशित २०७५ वैशाख ७ शुक्रबार
cawan_nepal_photo_1.JPG

काठमाडौं । श्रमिक नेता एवं सांसदहरुले वैदेशिक रोजगारीमा उर्जाशिल जनशक्ति पठाउने कार्य बन्द गर्नुपर्न आवाज उठाएका छन् । नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ (काउन–नेपाल) ले प्रवासी श्रमिकका विषयमा आयोजना गरेको अन्तक्रियामा श्रमिक नेता एवं सांसदले स्वदेशमै रोजगारी सिर्जना गराएर श्रमिकलाई विदेश पठाउने कार्य बन्द गर्नुपर्ने धाारणा राखेका हुन् ।

कार्यक्रममा पूर्वमन्त्री एवं सांसद संजयकुमार गौतमले ए क्लासको नागरिकलाई विदेश निर्यात गरेर सी क्लासको नागरिक निर्यात गर्दै देश चलिरहने अवस्थाको अन्त्य गर्न वैदेशिक रोजगारको आकर्षणलाई हटाउनुपर्ने बताए । उनले ब्रेन र मसल्स निर्यात गरेर हामीले देखेको देशको आर्थिक समृद्धि पुरा नहुने भन्दै विदेश नजाउँ भन्नुभन्दा पनि यहि उद्योगधन्दाको विकास गरेर रोजगारी दिईनुपर्ने बताए । त्यस्तै राष्ट्रिय सभाकी सांसद धना खतिवडाले एकैचोटी वैदेशिक रोजगारीको अन्त्य गर्न नसकिने भन्दै शिपयुक्त जनशक्ति तयार गरेरमात्र वैदेशिक रोजगारीमा पठाउने अवस्थाको सिर्जना गर्न आफूले आवाज उठाउने बताईन् ।

कार्यक्रममा नेपाल ट्रेड यूनियन कांग्रेसका कोषाध्यक्ष योगेन्द्र कुँबरले पनि वैदेशिक रोजगारीमा पठाउने कामलाई बन्दै गराउनुपर्ने धारणा राखे । उनले श्रमिकहरुलाई यहिँ नै जीवन धान्न पुग्नेगरी तलब दिनसक्ने अवस्था हुने र रोजगारी दिलाउन सके यो अवस्थाको अन्त्य हुने बताए । उनले एनजीओहरुले उठान गरिरहेको वैदेशिक रोजगारको मुदालाई अहिले ट्रेड यूनियनहरुले उठाएको भन्दै क्रमश वैदेशिक रोजगारीमा पठाउनेक्रमको अन्त्य गर्न ट्रेड यूनियन संगठनहरु लागेको बताए ।

काउन–नेपालको कार्यक्रममा वैदेशिक रोजगार विभागका निर्देशक शशिकुमार लम्सालले अबको एकरदुई महिनामै फ्रि भिषा फ्रि टिकटसम्बन्धी व्यवस्था लागू गरेरै देखाईने दाबी गरे । उनले यसका लागि विभागले आवश्यक गृहकार्य गरिरहेको पनि जानकारी दिए । त्यस्तै उनले अनधिकृत एजेन्टहरु हटाउने कार्यका बारेमा पनि होमवर्क भईरहेको जानकारी दिंदै एजेन्टवालाहरुले अरुको पासपोर्ट बोकेर हिंड्ने अवस्थाको अन्त्य गराईछाड्ने बताए ।

कार्यक्रममा काउन–नेपालका अध्यक्ष जेवी गुरुङ, महासचिव प्रदिप आचार्य लगायतले वैदेशिक रोजगारमा निर्माण श्रमिक र अन्यको हकमा पनि श्रमलाई व्यवस्थित र मर्यादिन बनाउन अन्तर्राष्ट्रिय निर्माण श्रमिक संगठन बिडब्लु आईसँगको सहकार्यमा कार्य भईरहेको जानकारी दिए । त्यस्तै उनीहरुले वैदेशिक रोजगारीमा गएकाहरुको समस्या समाधान गर्न काउन–नेपालले नीतिगतरुपमा सुधार गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाए । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै अधिवक्ता रेशमराज रेग्मीले श्रमिक गाउँदेखि नै ठगिने अवस्थाको अन्त्य गर्न सबैले पहल गर्नुपर्ने र वैदेशिक रोजगारीलाई व्यवस्थित पार्नुपर्नेमा जोड दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ