arrow

एपिएफ क्वार्टर फाइनलमा प्रवेश

logo
प्रकाशित २०७५ वैशाख ७ शुक्रबार
apf.jpg

इलाम । इलाममा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माई भ्याली गोल्डकप फुटबल प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ क्वार्टरफाइनलमा प्रवेश गरेका छ ।

एपिएफले शुक्रवार पाहुना टोली बंगलादेशको कावरान प्रगति संघलाई ३–१ ले पराजित गरेको हो । एपिएफले शुरुआतमै पाएको अवसरलाई गोलमा परिणत गर्दै अग्रता लियो । खेल शुरु भएको १०औँ मिनेटमा नै एपिएफका स्ट्राइकर युवराज खड्काले गोल गर्दै खाता खोले ।

बंगलादेशका रक्षा पन्तीले पेनाल्टी क्षेत्रमा गरेको कमजोरीको फाइदा उठाउँदै खड्काले गोल गरे । पैँतीसौँ मिनेटमा एपिएफले अग्रता दोब्बर बनायो । एपिएफका रूपबहादुर लामाले विपक्षी दुई डिफेन्डरलाई छक्याएर गरेको प्रहार बंगलादेशका गोलरक्षक राजीवले बचाउ गर्ने मौका नै पाएनन् ।

पहिलो हाफमा २–० ले पछि परेको बंगलादेशले दोस्रो हाफमा पनि खेल सुधार गर्न सकेन । खेलको ४८औँ मिनेटमा एपिएफले पुनः गोल गरी ३–० को अग्रता कायम गर्‍यो । बंगलादेशका तर्फबाट खेलको ७८औँ मिनेटमा अलामजीले सान्त्वना गोल फर्काए । बंगलादेशलाई रक्षात्मक खेल्न समेत हम्मेहम्मे परेको थियो ।

 बंगलादेशले केही राम्रा अवसर गोलमा परिणत गर्न सकेन। खेलमा एपिएफका रूपबहादुर ‘म्यान अफ दी म्याच’ घोषित भए । उनले रु १० हजार र चाँदीको पदक प्राप्त गरे । प्रतियोगिताका विजेताले पाँच लाख र उपविजेताले  तीन लाख पुरस्कार पाउनेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ