arrow

आन्तरिक पर्यटनको विकास नभइ बाह्य पर्यटनको विकास हुदैन : मन्त्री अधिकारी

logo
प्रकाशित २०७५ वैशाख ७ शुक्रबार
rabindra-adhikari-uml.jpeg

पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले आन्तरिक पर्यटनको विकास नभइ बाह्य पर्यटनको विकास नहुने बताएका छन् ।  

लायन्स क्लब अफ इन्टरनेशनल ३२५ बी १ को छैटौँ महाधिवेशनको शुक्रवार यहाँ उद्घाटन गर्दै उनले सन् २०२० लाई पर्यटन भ्रमण वर्षका रुपमा मनाउने सरकारको तयारी भएको बताउँदै आन्तरिक पर्यटनको विकास गर्दै अघि बढ्नुपर्ने उल्लेख गरे।

सन् २०२० मा १५ लाख पर्यटक ल्याउने लक्ष्य भए पनि त्यसका लागि राम्रो तयारी हुनसकेमा २० लाख पर्यटक पुर्‍याउन सकिने उनले बताए  ।

लायन्सले सामाजिक सेवाका क्षेत्रमा महत्वपूर्ण योगदान गरेको बताउँदै उनले भूकम्पपछिको उद्धार तथा राहतजस्ता काममा लायन्सले निर्वाह गरेको भूमिका प्रशंसायोग्य भएको चर्चा गरे।

लायन्स क्लब अफ इन्टरनेशनल ३२५ बी १ का डिष्ट्रिक गभर्नर धनराज आचार्यले लायन्सले सामाजिक सेवाका क्षेत्रमा आफूलाई क्रियाशील बनाएको बताउँदै ३२५ बी १ ले आफ्नो कार्य अवधिमा योजनाअनुसार विभिन्न काम सम्पन्न गरेको बताए ।

लायन्स क्लब अफ इन्टरनेशनल ३२५ बी १ का महासचिव चण्डीप्रसाद अर्यालका अनुसार भोलिसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ