arrow

माइभ्याली गोल्डकप : संकटालाई हराउदै सिक्किम क्वाटरफाइनलमा

logo
प्रकाशित २०७५ वैशाख ८ शनिबार
football-all-time-use.jpg

मंगलबारे, इलाम । सिक्किम युनाइटेड क्लब, भारत इलाममा जारी चौथो अन्तरर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फूटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिवार इलामको ठूलो टुँडीखेलमा भएको खेलमा संकटा क्लब काठमाडौँलाई १–० को कठिन जित निकाल्दै पाहुना टिम सिक्किमले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो ।

प्रतिष्पर्धात्मक खेलमा ३१ औँ मिनेटमा सिक्किमका सञ्जय क्षेत्रीले गोल गरी अग्रता दिलाएका थिए । पहिलो हाफमा विपक्षीलाई दबाबमा राख्न सफल सिक्किमको उत्कृष्ट प्रहार संकटाका गोलरक्षक विनय श्रेष्ठले बचाउ गरेका थिए ।

दोस्रो हाफमा संकटा खेलमा फर्कियो । उसले आक्रामक शैलीमा खेल प्रदर्शन गर्‍यो । विपक्षीलाई दबाबमा राख्न सफल संकटाले दर्जनभन्दा बढी अवसरलाई सदुपयोग गर्न नसक्दा पहिलो चरणबाटै बाहिरिन बाध्य बन्यो ।  खेलमा सिक्किमका गोलरक्षक उर्गेन पिनेसो शेर्पा म्यान अफ दी म्याच घोषित भए । उनले १० हजार प्राप्त गरे ।

सिक्किमले अब १२ वैशाखमा विभागीय टिम नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको सामना गर्नुपर्नेछ ।  प्रतियोगिताअन्तर्गत आइतबार दुर्गापुर स्टिल टिएसवाई क्लब भारत र विभागीय टिम नेपाल पुलिस क्लबबीच प्रतिष्पर्धा हुनेछ ।

यही १७ वैशाखसम्म चल्ने प्रतियोगितामा नेपाल, भारत र बंगलादेशका गरी १२ टोलीको सहभागिता छ। माइभ्याली फुटबल क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताका विजेताले  छ लाख ६६ हजार ६६ र उपविजेताले रु चार लाख पुरस्कार पाउनेछन्। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ