arrow

पञ्जाबले जित्यो, चम्के लोकेश–गेल 

logo
प्रकाशित २०७५ वैशाख ९ आइतबार
gaile.jpg

काठमाडौं । क्रिस गेल चम्केपछि किंग्स इलाभेन पञ्जाव आईपीएल क्रिकेटको शीर्ष स्थानमा पुगेको छ । शनिबार रातिको खेलमा कोलकाता नाइट राइडर्सलाई ९ विकेटले हराउँदै पञ्जाव शीर्ष स्थानमा उक्लिएको हो । १३.१ ओभरमा १२५ रनको लक्ष्य पाएको पञ्जावले ११.१ बलमा मात्र १ विकेट गुमाएर पूरा गरेको हो । 

पञ्जावलाई जिताउन क्रिस गेलले  ३८ बलमा नटआउट रहँदै ६२ रन बनाए । यस्तै, लोकेश राहुलले २७ बलमा ६० रन बनाए । 

यसअघि पहिले ब्याटिङ्ग गरेको कोलकाताले ७ विकेट गुमाएर १९१ रन बनाए पनि पानी परेपछि पञ्जावले डकवर्थ लुइस नियम अनुसार १३.१ ओभरमा १२५ रनको लक्ष्य पाएको थियो । 

जितपछि पञ्जाव ५ खेलबाट ८ अंकसहित शीर्ष स्थानमा पुगेको हो । चेन्नई, कोलकाता र सनराइजर्सको समान ६–६ अंक छ । 

यता, दिल्लीको हारको क्रम जारी छ । दिल्ली डेयर डेभिल्स रोयल च्यालेन्जर्स बैंगलोरसंग ६ विकेटले पराजित भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ